NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

वाशिङ्टन घटनामा भारतीय प्रधानमन्त्री मोदीको टिप्पणी- लोकतान्त्रिक प्रक्रियालाई गैरकानुनी रुपमा भत्काउन मिल्दैन्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसद भवनमा भएको घट्नाले आफू चिन्तित भएको टिप्पणी गरेका छन् । मोदीले बिहीबार ट्वीट गर्दैै क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको प्रदर्शनबारे टिप्पणी गरेका हुन् । उनले ट्वीटमा वाशिङ्टनमा भएको दंगा र हिंसा बारे समाचार पढ्नुपर्दा आफू चिन्तित भएको बताएका छन् । मोदीले नीतिगत र शान्तीपूर्ण ढंगले शक्तीको स्थानान्तरण भइरहनुपर्ने बताएका छन् । सँगै उनले लोकतान्त्रिक प्रक्रियालाई गैरकानुनी रुपमा भत्काउन नमिल्ने तर्क राखेका छन् । मोदी लेख्छन्, ‘वाशिङ्टनमा भएको दंगा र हिंसा बारे समाचार पढ्नुपर्दा चिन्तित भएको छु । नीतिगत र शान्तीपूर्ण ढंगले शक्तीको स्थानान्तरण भइरहनुपर्छ । लोकतान्त्रिक प्रक्रियालाई गैरकानुनी रुपमा भत्काउन मिल्दैन् ।’ अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एक महिलाको मृत्यु पनि भएको छ । Distressed to see news about rioting and violence in Washington DC. Orderly and peaceful transfer of power must continue. The democratic process cannot be allowed to be subverted through unlawful protests.— Narendra Modi (@narendramodi) January 7, 2021

ताजा अपडेट

नेपालवाच विशेष