उल्टो हिंडेर नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले उल्टो हिडेर प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको घटना लोकतन्त्रविरोधी रहेको भन्दै नेविसंघले शुक्रबार उल्टो हिँडेर विरोध प्रदर्शन गर्न लागेको जानकारी महामान्त्री बलदेव तिमल्सिनाले दिए । ‘प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्थाको अपव्याख्या गरी असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गर्नु भनेको संविधान र लोकतन्त्रविरोधी हो’ तिमल्सिनाले भने, ‘यसैको विरोधमा शुक्रबार उल्टो हिँडेर हामीले विरोध प्रदर्शन गर्न लागेका हौं ।’ विरोध प्रदर्शन शुक्रबार दिउसो १ बजे माइतिघर मण्डलमा हुनेछ । माउ पार्टी कांग्रेसले केही दिन पार्टीसँग नजुध्ने गरी र विरोध र प्रदर्शन गर्न नेविसंघसहितका भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । कांग्रेसले २५ पुसमा ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनका विरुद्ध प्रदर्शन गर्दैछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया