हरिवन मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको फन्दामा

सर्लाहीस्थित हरिवन नगरपालिका–११ को मालपोत कार्यालयबाट दुई कर्माचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ । दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवास लगिएको छ । सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे आठ हजार रुपैयाँ घुससहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह रु चार हजार घुस रकमसहित पक्राउ परेका थिए । जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानीय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । गुनासो र उजुरीअनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया