परम्परा तोड्दै कोरोना सङ्क्रमितको शव काँधमा उठाउँदै शाहसिक महिला सेना [भिडियो रिपोर्ट]

https://youtu.be/2cvYB4jvqHg काठमाडौँ – कोभिड–१९बाट नेपालमा हरेक दिन कम्तीमा एक जनाको मृत्यु भइरहेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । यसरी मृत्यु हुनेको परिवारले आफन्तको शव छुन तथा दाहसंस्कार गर्न पाउँदैनन्। नेपाली सेनाको उपत्यका पृतनाले तालिमप्राप्त सैनिक टोलीलाई यस्तो शव व्यवस्थापन गर्न तम्तयार राखेको हुन्छ। त्यस्तो टोलीमध्ये उपत्यकामा दुईवटा महिला समूह छन्। अस्पतालले कोभिड – १९ बाट कसैको मृत्यु भएको खबर गरेलगत्तै महिलाहरूमात्र रहेको सैनिक टोली शव व्यवस्थापन गर्न अस्पताल पुग्छ। शव निकाल्नुअघि उनीहरूले शुरुमा शव राखिएको स्ट्रेचर र वरिपरिका सामानलाई संक्रमणमुक्त बनाउँछन् । त्यसपछि मृत शरीरलाई शव वाहनमा राख्छन। र, आवश्यक सुरक्षा सावधानीका साथ शवलाई पशुपतिस्थित आर्यघाट पुर्याउँछन्। शवलाई अन्तिम श्रद्धाञ्जली पनि सेनाले नै दिन्छ । शवलाई विद्युतीय शवदाह गृहमा जलाउनु अघि सेनाले सलामी चढाएर अन्तिम श्रद्धाञ्जली दिने गर्छ । त्यसपछि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सेनाको महिला टोली ब्यारेक फर्कछन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया