कोरोना संक्रमणको दर उच्च बिन्दूमा पुगेपछि जापानमा संकटकाल घोषणा

जापानका प्रधानमन्त्री योशीहाइड सुगाले कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएपछि राजधानी टोकियोमा संकटकाल घोषणा गरेका छन् । शुक्रबारदेखि आगामी फेब्रुअरी ७ सम्म टोकियोगायत चिबा, सौतामा र कानगावालगायत तीन छिमेकी राज्यमा पनि आपत्कालिन अवस्था लागू हुने जनाइएको छ । उक्त घोषणा सँगै दैनिक जीवनका क्रियाकलापहरू प्रतिबन्ध लाग्नेछ । प्रधानमन्त्री सुगाले कार्यालयको जनसंख्या ७० प्रतिशतले घटाएर नागरिकहरूलाई घरबाटै काम गर्न निर्देश गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक काम भन्दावाहेक घरबाहिर ननिस्कन भनिएसँगै रातको ८ बजेभित्र रेष्टुराँ तथा होटल बन्द गर्न भनिएको छ । यी बन्दाबन्दीको बाबजुद पनि विद्यालय भने खुला गरिने जनाइएको छ । प्रधानमन्त्री सुगाले हालसम्म विद्यालयबाट समुदायस्तरमा संक्रमण फैलिएको घटना कम भएको र बालबालिकाको सिकाइको अवसरलाई बचाउन विद्यालय भने खुला गरिने बताएका छन् । गत बुधबार जापानमा ५ हजार ९ सय ५३ जना नयाँ संक्रमित थपिएका थिए भने ७२ जनाले ज्यान गुमाए । यो हालसम्मकै उच्च संक्रमणदर भएको जनाइएको छ । योसमेत गरेर जापानमा संक्रमितको दर २ लाख ५९ हजार १ सय ५ पुगेको छ भने मृत्यु संख्या ३ हजार ८ सय ४ । त्यसमा पनि राजधानी टोकियोमा दैनिक २ हजारको दरले संक्रमण बढिरहेको छ । बिहिबारमात्रै टोकियोमा दुई हजार ४ सय ४४ जना संक्रमित भेटिएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया