नेपाल आउने पर्यटकलाई सरकारी नीतिको तगारो : कात्तिकदेखि तीन हजार बुकिङ रद्द

काठमाडौं । सरकारले १ कात्तिकबाट पदयात्रा तथा पर्वतारोहण र १० मंसिरदेखि सबै पर्यटकीय गतिविधि खुला गरिसकेको छ । सरकारको यो निर्णयको प्रभाव पर्यटक आगमनमा देखिनुपर्ने हो । तर, पर्यटक नेपाल आउन मानिरहेका छैनन् । नेपाल आउन खोज्नेहरूले पनि यसअघि गरेको बुकिङ धमाधम रद्द गरिरहेका छन् । यसको कारण हो – सात दिने क्वारेन्टिन अवधि र झन्झटिलो भिसा प्रक्रिया । पदयात्रा र पर्वतारोहण खुला गरेयताका ८३ दिनमा झण्डै तीन हजार बुकिङ रद्द भएको नेपाल पर्यटन बोर्डको मात्र तथ्यांक छ । पदयात्रा र पर्वतारोहण खुला गरेयताका ८३ दिनमा झण्डै तीन हजार बुकिङ रद्द भएको नेपाल पर्यटन बोर्डको मात्र तथ्यांक छ । क्यानडाको एउटै कम्पनीले सात सय जना र अर्को एक कम्पनीले दुई सय पर्यटकको बुकिङ रद्द गरेको छ । बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठका अनुसार पर्यटकीय गतिविधि खोल्ने निर्णय गरेदेखि हालसम्म दुई हजार नौ सय पर्यटको बुकिङ रद्द भएका छन् । आगामी मार्च महिनाका लागि मात्रै भएका नौ सय पर्यटकको बुकिङ रद्द भएको सूचना बोर्डलाई प्राप्त भएको श्रेष्ठले बताइन् । क्यानडाको एउटै कम्पनीले सात सय जना र अर्को एक कम्पनीले दुई सय पर्यटकको बुकिङ रद्द गरेको छ । बोर्डकी प्रबन्धक श्रेष्ठका अनुसार ७ दिने क्वारेन्टिन अवधि र झन्झटिलो भिसा प्रक्रियाको कारण देखाउँदै ती कम्पनीले बुकिङ रद्द गरेका हुन् । ‘यो त बोर्डलाई मात्र आएको सूचना हो, अन्य ट्राभल/ट्रेकिङमार्फत रद्द भएका त कति छन् कति ।’ बोर्डकी प्रबन्धक श्रेष्ठ भन्छिन् । चीन, क्यानडालगायतका देशबाट हजारौंको संख्यामा पर्यटक नेपाल आउन खोजेका छन्, तर क्वारेन्टिन अवधि सुन्दै हच्किएका बोर्ड बताउँछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) धनञ्जय रेग्मी सरकारले मनलाग्दी क्वारेन्टिन अवधि तोक्दा समस्या निम्तिएको र त्यसले नेपाल आउन खोज्ने पर्यटकलाई निरुत्साहित गरेको बताए । क्वारेन्टिन अवधिबारे मनपरी मापदण्डहाल भारतबाट ‘एयर बबल’ मार्फत आउनेलाई क्वारेन्टिनमा बस्नुपर्दैन । घुम्ने प्रयोजनमा आएका पर्यटक ७ दिन र कामको लागि आएका पर्यटक १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सरकारको प्रावधान छ । भ्रमणमा आउने पर्यटकका लागि निकायपिच्छेका आफ्नै मापदण्डले गर्दा पनि यतिबेला घुम्न चाहेका पर्यटकमा द्विविधाको स्थिति छ । सुरुमा क्वारेन्टिन अवधि १४ दिन अनिवार्य गरिएको थियो । पछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसि) ले क्वारेन्टिन अवधि १४ बाट १० दिनमा घटाएको थियो । यसमा पर्यटन मन्त्रालयले असहमति जनाउँदै ७ दिनको अवधि तोकेको हो ।७ दिने क्वारेन्टिन पनि धेरै भएको व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायी कृष्ण कुमार अयार्लले भने, ‘मुख्य कुरा त, उनीहरू सीमित समय लिएर घुम्न आएका हुन्छन्, त्यो पनि ७/७ दिनसम्म क्वारेन्टिनमा बस्न को आउँछ ?’ चीन, क्यानडालगायतका देशबाट हजारौंको संख्यामा पर्यटक नेपाल आउन खोजेका छन्, तर क्वारेन्टिन अवधि सुन्दै हच्किएका बोर्ड बताउँछ । विमानस्थल प्रवेश गर्नेलाई ‘सेल्फ आइसोलेसन’ मा बस्ने र नेपाल सरकारकोे स्वास्थ्य मापदण्ड पालना गर्ने भन्ने सम्झौतामा हस्ताक्षर गराएपछिमात्रै प्रवेश दिइन्छ । नेपाल भित्रिदाँ लामो प्रक्रिया पूरा गर्नुपर्ने तर आइसकेपछि छानबिन नै नहुँदा विदेशी पर्यटक ‘नेपाल इज फ्रि कन्ट्रि’ भन्दै प्रचार गरिरहेका छन् । कतिपय पर्यटकले फितलो अनुगमनबारे टिप्पणी गर्दा नेपालबारे नराम्रो छवि बनिरहेको बोर्डका सिईओ रेग्मी बताउँछन् । भारतदेखि आउनेबाट कोरोना नसर्ने अन्यबाट सर्ने ? कराउँदा कराउँदा हामी नै थाकिसक्यौं : धनञ्जय रेग्मी, सिईओ, नेपाल पर्यटन बोर्ड ‘नियमन गर्नै नसक्नेले यस्तो मापदण्ड किन बनाउनू ? भारतबाट आएकाबाट कोरोना नसर्ने अन्य देशदेखि आएकाबाट सर्ने ? यस्तो नि हुन्छ ? पर्यटनका विषयमा निर्णय लिँदा हामीलाई समावेश नै गराइँदैन । पर्यटन क्षेत्रका सबै गुनासा सुनेर बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ हुँदैन । हामी कराउँदा कराउँदा अब त थाकिसक्यौं । क्वारेन्टिनको अनुगमन नै छैन विदेशबाट नेपाल आउने पर्यटकलाई क्वारेन्टिन अनिवार्य गरिए पनि क्वारेन्टिन बसे/नबसेको बारे अनुगमन नै हुँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार केन्द्रीय स्तरमा यसको अनुगमन पर्यटन मन्त्रालयले गर्ने भनिएको थियो भने स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालयले । अध्यागम विभागले पनि बेलामौकामा अनुगमन गर्ने गरेको विभागका निर्देशक रामचन्द्र तिवारी बताउँछन् । हाल भारतबाट ‘एयर बबल’ मार्फत आउनेलाई क्वारेन्टिनमा बस्नुपर्दैन । घुम्ने प्रयोजनमा आएका पर्यटक ७ दिन र कामको लागि आएका पर्यटक १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सरकारको प्रावधान छ । भ्रमणमा आउने पर्यटकका लागि निकायपिच्छेका आफ्नै मापदण्डले गर्दा पनि यतिबेला घुम्न चाहेका पर्यटकमा द्विविधाको स्थिति छ । तर, हालसम्म कति पर्यटक क्वारेन्टिनमा बसे भन्ने तथ्यांक कसैसँग पनि छैन । ‘नियम मान्ने ७ दिन बसेका छन्, नमान्ने हिँडेका छन्,’ बोर्डका सिईओ रेग्मी भन्छन्, ‘नियम नमान्नेलाई कारबाही गर्न सकिन्न भने किन यस्तो नियम राख्नु ?’ सम्बन्धित पक्ष र सरोकारवालासँग छलफलै नगरी निर्णय गर्दा यस्तो समस्या निम्तिएको उनी बताउँछन् । अनअराइभल भिसामा समस्या हाल कुटनीतिक भिसा भएका, नेपाली मूलका नागरिक र तिनका परिवार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत कर्मचारी/तिनका परिवार र कुनैै पनि मन्त्रालयबाट स्वीकृति पाएकालाईमात्र अनअराइभल भिसा दिने व्यवस्था छ । यसबाहेक अन्यले भने सम्बन्धित दूतावासबाटै भिसा लिएर आउनुपर्छ । दूतावासहरूले पनि सहजै भिसा दिन मानेका छैनन् । कतिपयले भिसा लिन जाँदा दूतावासबाटै फर्किनुपरेको गुनासा लिएर विभागमा आएको तिवारी बताउँछन् । ‘विदेशस्थित नेपाली नियोगहरूले पूर्ववत् रुपमा भिसा जारी गर्ने निर्णय मन्त्रीपरिषद्बाट भयो, यही अनुसारको सूचना विभागले प्रवाह गर्यो,’ तिवारीले भने, ‘तर, दूतावासहरूले यसमा स्पष्टता खोजेका छन्, पूर्ववत् भनेको के हो ? सबैलाई भिसा दिने हो कि, नियन्त्रित रुपमा दिने कि, कसैको सिफारिसमा दिने भन्नेबारे उनीहरू द्विविधामा छन् ।’ यसको स्पष्टताका लागि सिसिएमसिमा छलफल भइरहेको उनले बताए । अध्यागमन विभागका अनुसार सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल आए । तर, यसमा कति पर्यटक घुम्ने प्रयोजनामा आए, कति अन्य प्रयोजनमा आए भन्ने यकिन तथ्यांक विभागले निकालेको छैन । नेपालको स्वास्थ्य मापदण्डबारे सूचना दिन गतिलो ‘पमप्लेट’ समेत बनेन् : बोर्ड पूर्वसिईओ जोशी पर्याप्त सूचना नभएकै कारण विदेशी पर्यटक नेपाल आउनेबारे द्विविधामा परेका बोर्डका पूर्व सिईओ दीपकराज जोशी बताउँछन् । पर्यटनलाई प्रवद्र्धन गर्न स्वास्थ्य मापदण्डको प्रचार जरुरी भएको उनी बताउँछन् । ‘नेपाल भ्र्रमणमा आउन चाहने विदेशी धेरै छन्, तर तिनका लागि नेपालको स्वास्थ्य मापदण्डबारे सूचना दिन गतिलो ‘पमप्लेट’ समेत बनेको छैन,’ जोशी भन्छन्, ‘अब नेपालले विदेशी पर्यटकलाई नेपालको स्वास्थ्य मापदण्डबारे स्पष्ट बनाउन म्यानुअल तयार गर्नुपर्छ ।’ यतिबेला पर्यटकको भ्रमण प्रवृत्ति परिवर्तन भएका कारण नेपाल त्यसको लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने जोशीको भनाइ छ । महामारीको कारण ‘क्राउडेड डेस्टिनेसन’ मा घुम्न जाने प्रवृत्ति फेरिएकाले पर्यटकहरू ‘आइसोलेटेड’ गन्तव्यको खोजीमा भएको उनले बताए । यसको लागि नेपालले आफूलाई सक्षम साबित गर्ने ठूलो अवसर भएको जोशी बताउँछन् । सन् २०२० मा नेपाल सरकारको २० लाख पर्यटक नेपाल ल्याउने महत्वकांक्षी योजना कोरोना महामारीका कारण प्रभावित भएसँगै पर्यटकको संख्या दुई लाख ३० हजारको हाराहारीमा खुम्चियो । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै ९ लाखले कम हो । सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल आएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया