NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

झापामा ब्राउनसुगरसहित ६ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार राती अवैध लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० वर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ वर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेललाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ वर्षीय गोपी शर्मा, बनियानी गाँपालिका–६ का २६ वर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ वर्षीय अम्बर बराललाई ९ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । बिहीबार राती पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष