प्रचण्ड पत्नी दाहालको मुम्बईमा अप्रेशन, सुधार आउन कम्तिमा दुई साता लाग्ने

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सिता दाहालको स्टेम सेल थेरापीको बिहिबार अप्रेशन भएको छ । भारतको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाईन इन्सटिच्युटमा पत्नी दाहालको अप्रेशन भएको र अप्रेसन सफल भएको दाहालकी माइला ज्वाई अर्जुन पाठकले नेपालवाचलाई जानकारी दिए । लामो समयदेखि प्रोग्रेसिभ सुपरन्युक्लियर पालसी पिएसपी भन्ने रोगबाट पिडित दाहालको स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको हो । मुम्बई लैजानु अघि दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखेर उपचार गरिएको थियो । माइला ज्वाई पाठकका अनुसार सिता दाहालको हिजो भएको अप्रेशन सफल भएको छ । तर अप्रेशनपछि दाहालको स्वास्थ्यमा थप सुधार आउन कम्तिमा दुई साता लाग्ने अस्पतालले जनाएको पाठकले बताए । सिता दाहालको हेरचाहका लागि प्रचण्ड आफ्ना दुई छोरीहरुका साथ मुम्बईमा छन् । सिताको उपचारमा न्युरोजेन ब्रेन एण्ड स्पाईन इन्सटिच्यूटका बरिष्ठ चिकित्सक डा अलोक शर्माले नेतृत्व गरेका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया