सर्वोच्चले संविधानअनुसार फैसला नगरे संविधान कागजको खोस्टोमा परिणत हुन्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले संविधान अनुसारको फैसला नगरे संविधान खोस्टोमा परिणत हुने बताएका छन् । राष्ट्रियसभालाई सम्बोधन गर्दै उनले संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र तयसलाई अनुमदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले गरेमा संविधान कागजको खोस्टोमा परिणत हुने तर्क राखेका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन भए पनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको श्रेष्ठले बताए । उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन। संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ। यदि संविधान संशोधन भएमा संविधान च्यातिएको अवस्था हुन्छ।’ उनले सर्वोच्चले संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास भएको बताए । श्रेष्ठले ओलीले आफ्नो व्यक्तिगत स्वास्र्थका लागि पार्टी एकता गरेको समेत बताएका थिए । उनले भने, ‘संविधान र पार्टी विधान मान्दिनँ भन्न पाइदैंनँ । प्रधानमन्त्रीले प्रतिनिधिसभा सुचारू गर्न चाहेमा पार्टी एकता हुने सम्भावना छ ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया