लमजुङमा तीन वर्षमा २४ प्रतिवादी फरार

लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५ र २०७६ साउनदेखि चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना गरेका प्रतिवादी यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताएका छन् । उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन् । अदालतका अनुसार चालू आवको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ । अदालतका अनुसार गत आव २०७६ र २०७७ को एक वर्षका अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार थिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए । त्यस्तै अघिल्लो आव २०७५ र २०७६ मा विभिन्न मुद्दाका ११ प्रतिवादी फरार थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी रहेको अदालतले जनाएको छ । फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाउँदै आए पनि सबै पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ । काफ्लेले भने, ‘ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्नेछ । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ ।’ आर्थिक वर्ष २०७७ र २०७८ मा ३८ फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैद भुक्तान गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया