त्रिभुवन विमानस्थलमा विद्युतिय र्याम्प बस सञ्चालनप्रति वायुुसेवा संघको आपत्ति

काठमाडौं । नेपाल नागरिक उड्डययन प्राधिकरण(क्यान)ले त्रिभुवन विमानस्थलमा र्याम्प बस सञ्चालनमा ल्याउन गरेको निदेर्शनमा वायुसेवा सञ्चालन संघले असन्तुष्टि जनाएको छ । गत आइतबार क्यानले सबै वायुसेवा कम्पनीलाई डिजेल बस हटाएर र्याम्प बस सञ्चालनमा ल्याउन पत्राचार गरेकोे थियो । वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कोरोना महामारीका कारण वायुसेवा कम्पनीले १७ अर्ब ५० करोडको नोक्सानी व्योहोर्नुपरेको समयमा क्यानको यो निर्देशनले झनै आर्थिक भार बढाएको बताएका छन् । यस्तो अवस्थामा विकल्प विहीन निर्णय गर्दा संघले आपत्ति जनाएको होे । डिजेल बसले प्रदूषण बढाएको भन्दै क्यानले उक्त बसलाई विद्युतीय बसबाट विस्थापन गर्र्न पत्राचार गरेको थियो । जारी पत्रमा प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदुषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद गरिएको वर्ष, सवारीको प्रकार खुलाई प्राधिकरणमा पठाउन भनेको छ । संघले हाल एयरसाइडमा सञ्चालित सबै वायुसेवा कम्पनीका बसहरु यातायात विभागले तोकेको प्रदूषण मापदण्डअन्तर्गत नै सञ्चालित रहेको र तेस्रो पक्षको बीमा पनि गरिएको जनाएको छ । अहिलेका सवारी प्रतिस्थापन गर्दै विद्युतीय बस ल्याउन अर्को करोडौं लगानी पर्ने भन्दै संघले आपत्ति जनाएको हो । अध्यक्ष थापाले यो कदमले २०६० सालमा जस्तै विमानस्थलभित्र बस सञ्चालन गर्न प्राधिकरणले निजी क्षेत्रलाई घुसाउन गरेको प्रयास फेरि दोेहोरिने हो कि भन्ने आशंका व्यक्त गरेकाछन् । उनका अनुसार त्यसबेला वायुसेवा कम्पनीको कडा प्रतिवादपछि यो काम रोकिएको थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया