NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

मेरो हस्ताक्षर भएका उम्मेदवारलाई जिताउनुस्, देश विकासको जिम्मा म लिन्छुः केपी ओली

काठमाडौ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले आफूले हस्ताक्षर गरेका उम्मेद्वारलाई जिताएर पठाउन आग्रह गरेका छन् । नेकपा ओली समूहको धनगढीमा आयोजित सभामा उनले आफूले हस्ताक्षर गरेर पठाएका नेतालाई निर्वाचनमार्फत जिताएर पठाए देश विकासको जिम्मा लिने दाबी गरेका हुन् । ‘मैले हस्ताक्षर गरेको उमेद्वारको जिम्मा म लिन्छु । तपाईहरू जिताएर पठाउनुस्, त्यसको जिम्मा म लिन्छु । देश विकासको जिम्मा म लिन्छु,’ ओलीले भने । ओलीले प्रतिनिधिसभा पुनस्र्थापना नहुने बताएका छन् । उनले कामै गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । ‘प्रतिनिधि सभा विघटन असंवैधानिक छ भनेर भनिरहेका छन् । संविधान पढ्न आग्रह गर्दछु । ६४ प्रतिशतले प्रतिनिधित्व गर्ने प्रधानमन्त्री म हो,’ ओलीले भने,‘काम गर्न दिएनन्, ताजा जनादेशमा जान चाहन्छु भनेर विघटन गरेको हुँ । अर्को विकल्प नभएपछि फेरि प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भनेर प्रचलन, मान्यताअनुसार हुँदैन, चुनावबाट हुन्छ । केपी ओलीले चुनाव गर्दैन भनेका छन् । चुनाव वैशाखको १७ र २७ गते नै हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष