NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

वामदेव गौतमले सञ्चालन गरे नेकपा एकता राष्ट्रिय अभियान, विभाजित नभइ एकताबद्ध हुन अपिल

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई प्रतिनिधिसभा विघटनपछि दुई खेमामा बाँडिएको नेकपाका सदस्यहरुलाई विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गरेका छन् । गौतमले शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दै विभाजनमा ढल्किएका पार्टीका कमरेडहरुलाई सम्झाएर अभियानमा सामेल गराउन अपिल गरेका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकको रुपमा विज्ञप्ती जारी गर्दै उनले आफू भएको ठाउँमा नेकपा एकता अभियानको संगठन खडा गरेर विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउन अपिल गरेका हुन् । विज्ञप्तीमा गौतम भन्छन्, ‘तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस ।’ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड–नेपाल दुई समूहमा बाँडिएको थियो । तर, उपाध्यक्ष गौतम भने कुनै समूहमा पनि नलागि तटस्थ रहेका थिए । एकताबद्ध गर्न प्रयास गर्ने बताइरहेका गौतमले नेकपा विभाजित भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनमा ल्याई पार्टीलाई विभाजन नभई एकताबद्ध गर्ने प्रयास गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष