प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– पूर्व प्रधानन्यायाधीशहरुले गति छाडे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संसद विघटन असंवैधानिक भएको भन्दै ४ पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति निकालेकोमा उनीहरुलाई सर्वोच्च अदालतको नेतृत्व गरिसकेकाले गति छाडेको आरोप लगाएका छन् । थापाले पूर्व प्रधानन्यायाधीशहरुले विज्ञप्ती निकालेको भोलीपल्ट शनिबार सर्वोच्च अदालतको नेतृत्व गरिसकेका व्यक्तिहरुले गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिबृद्दि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिने टिप्पणी गरेका हुन् । उनले सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमो पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्ने र अवकाशप्राप्त प्रधानन्यायाधीशहरुले फैसला सुनाउन खोजेको संसार भर कतै नदेखेको बताएका छन् । उनले पूर्व प्रधानन्यायाधीशहरुले निकालेको विज्ञप्ती पूर्व प्रधानन्यायाधीशहरुले लेखेको नभएर जनताका प्रतिनिधिहरुले लेखेको बताएका छन् । सँगै थापाले चार जना पूर्व प्रधानन्यायाधीशले असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको विपरित कार्य भएको बताएका छन् । नेपालकाे संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाेइन । याे त जनताका प्रतिनिधिहरूले लेखेकाे…Posted by Surya Thapa on Friday, January 8, 2021 उनी लेख्छन्, ‘रिटायर्ट प्रधानन्यायाधीशहरुले संवैधानिक इजलासले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत छ ।’ उनले यस्तो क्रियाकलापले न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमा पैरवीलाई नै व्यवहारमा प्रोत्साहन नगर्ने समेत बताएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया