काठमाडौंबाट नजिक हाइकिङ र अवलोकनका लागि रानीकोट घ्याम्पेडाँडा [फोटोफिचर]

काठमाडौं । भक्तपुरको दक्षिणपूर्वी क्षेत्रमा रहेको रानीकोट गढी क्षेत्रकाे घ्याम्पेडाँडा काठमाडौं उपत्यकाभित्रबाट हिम श्रृङ्खला अवलोकन गर्न उचित ठाउँमध्येमा पर्छ । यस क्षेत्रमा घ्याम्पेडाँडा, चर्चित पाइलटबाबा पछिल्लाे केही वर्षदेखि अान्तरिक पर्यटनकाे केन्द्र जस्तै बनेका छन् । घ्याम्पेडाँडा माथिकाे रानीकोट अर्काे चर्चित ठाउँ हाे । जहाँबाट सुन्दर हिमश्रृङ्खला देख्न सकिन्छ । केही समय अघिसम्म याे ठाउँ पर्यटकीय क्षेत्रका रुपमा चर्चित थिएन । तर, काठमाडौं नजिकै भएकाेले शनिबार र छुट्टिकाे दिन घुम्न जाने र हाइकिङ जानेकाे बाक्लाे भीड लाग्छ । यहाँबाट हिमालकाे राम्राेसँग अवलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यका पनि गज्जव देखिन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया