प्रादेशिक उडानलाई विकेन्द्रीकरण गर्ने उड्डयनमन्त्री ढकालको भनाइ

मोरङ । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए । मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएकाले समस्या समाधानमा प्रयत्न गर्ने बताएका थिए । उनले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पु¥याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राखेका थिए । मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौँ, पोखरा, सौराहाको तुलनामा यस क्षेत्रमा पर्यटक कम आउने आफूले अनुभव गरेको चर्चा गर्दै पर्यटकीय क्षेत्रमा उनीहरुको बसाई लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया