NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रतिनिधिसभा पुनः स्थापना भएमा देश पछाडि धकेलिन्छः खानेपानीमन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन् । रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै देशलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको बताए । वर्तमान परिस्थितिमा प्रतिनिधिसभा पुनःस्थापना भएमा देश पछाडि धकेलिने उनको तर्क थियो । उनले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने कुरा गर्नु अधिकार भएकाले अन्तरराष्ट्रियरुपमा नै उक्त निर्णय गलत नहुने बताएका थिए । प्रतिनिधिसभा पुनःस्थापना भने हुनै नसक्नेमा उनको जोड थियो । निर्वाचनले मात्रै मुलुकमा स्थायित्व र संकटको समाधान गर्ने उल्लेख गर्दै मन्त्री थापाले भने, ‘अन्ततः जनता नै न्यायाधीश भएकाले नागरिकले हामीलाई दण्ड दिन पनि सक्ने र अरुलाई दण्ड दिन पनि सक्ने छन् ।’

ताजा अपडेट

नेपालवाच विशेष