चुनाव नगरेमा ओलीलाई नेपालमा बस्न गाह्रो छः देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगरेमा नेपालमा बस्न गाह्रो हुने बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभाअन्तर्गत बुढानिलकण्ठमा सम्बोधन गर्दै देउवाले तोकिएको मितिमा चुनाव नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा बस्न गाह्रो हुने बताएका हुन् । उनले भने, ‘वैशाखमा चुनाव गराएनन् भने ओलीलार्य नेपालीहरुले नेपालमा बस्न नसक्ने स्थिति सिर्जना गर्छन् । ओलीले धनगढीमा चुनाव गराएर देखाउँछु भनेका छन् । चुनाव गराएनन् भने ओलीलाई नेपालमा बस्न गाह्रो छ ।’ सँगै उनले अदालतले चुनावमा जाने निर्णय गर्दा पनि प्रधानमन्त्ती ओलीले चुनाव नगरे उनलाई सडकबाटै हटाउनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया