चुनावमैं जाने हो कांग्रेस तयारीमा जुट्नुपर्छ : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव हुन्छ भने कांग्रेस सधैं तयार रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रमा गरिरहेको कार्यक्रमलाई बुढानिलकण्ठमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘यो प्रतिनिधिसभा विघटनको मुद्दाका विषयमा अदालतको निर्णय पर्खिनुपर्छ । यसो गर उसो गर भन्न हुँदैन । अदालतको निर्णय कांग्रेसले मान्छ । ५ महिना पछि होस् की दुई वर्षपछि होस् चुनावमा जाने हो । चुनाव हुन्छ भनेर चुनावका लागि सधैं तयार हुनुपर्छ । कोसिस गर्नुपर्छ’ देउवाले भने, ‘वैशाखमा चुनाव गराएनन् भने ओलीलाई नेपालीहरुले नेपालमा बस्न नसक्ने स्थिति सिर्जना गर्छन् । चुनावमा कुनै बहानाबाजी गर्न पाइदैन ।’ चुनाव हुँदा सबैले भाग लिने दाबी उनकाे थियाे । ‘चुनाव गराउने भएपछि सबैले भाग लिन्छन् । तर, चुनाव नगराए ओली प्रजातन्त्रविरोधी तत्वको रुपमा रहनेछन्’ देउवाले भने ‘ओलीले धनगढीमा चुनाव गराउछुु भनेका छन् । चुनाव गराएनन् भने ओलीलाई नेपालमा बस्न गाह्रो छ ।’ चुनाव जहिले हुने भए पनि कांग्रेस तयारीमा बस्नुपर्ने देउवाले बताए । अहिलेको ओलीको कदमको विरोधमा उत्रिए पनि सँगै चुनावको पनि तयारी गर्नुपर्ने उनको भनाई छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया