प्रतिनिधिसभाले ओलीलाई प्रधानमन्त्री नबनाएको भए उहाँ झापाको सांसद मात्रै होः गगन थापा

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरुले प्रधानमन्त्री नबनाएको भए उनी केवल झापाको सासद भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभाअन्तर्गत आफ्नो क्षेत्रमा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै उनले ओलीलाई सांसदले प्रधानमन्त्री नबनाएको भए उनी केवल झापाको सांसद हुने बताएका हुन् । उनले भने, ‘ झापाको सांसद हो केपी ओली, म काठमाडौंको भएजस्तै । यो सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो ।’ थापाले ओलीले उनलाई प्रधानमन्त्री बनाउने प्रतिनिधिसभा विघटन गरेर आफ्नै घरमा आगो लगाइ रमाएर नाँचेको बताएका छन् । उनले भने, ‘२०७९ सालमा म फेरि भोट माग्न आउनुपर्ने थियो । तर, दुई वर्ष अघि आउनु परेको छ । हाम्रो रहर होइन्, बाध्य भएर आएका हौं । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर देशलाई पछाडी धकेलेका छन् ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया