ओली भगौडा भएपनि फुर्ति युद्ध जितेजस्तो छः गगन थापा

काठमाडौं । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् चलाउन नसकेर भागेको तर फुर्ति युद्ध जितेजस्तो गरेको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभाअन्तर्गत कपनमा सम्बोधन गर्दै थापाले ओली भगौडा भएपनि फुर्ति युद्ध जितेर आएको जस्तो रहेको बताएका हुन् । थापाले बक्सिङ खेलको उदाहरण दिदैं ओली रंगशालामा तयार अन्यसँग भिडन नआउने तर आफैंले मेडल किनेर जिते भन्दै हिँड्ने गरेको बताएका छन् । उनले भने, ‘त्रिभुवन रंगशालाको बक्सिङसँग तुलना गरेर हेरौं । हामी बक्सिङ खेल्न तयार छौं । उहाँ -(केपी शर्मा ओली) रंगशालाबाहिरै बाट भागेर महाबौद्ध गएर मेडल किनेर म फस्ट भए भन्नुभएको छ । अनि ‘खेल्न आउनु भएन’ भन्यौं भने ‘आएको थिए भने ढाल्दिन्थे’ भन्नुहुन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया