नेकपाका नेतामा चुनावमा जाने नैतिक बल छैनः महर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतको काँधमा मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए । ‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’ ,कांग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा महरले भने, ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिदै जान्छ ।’ नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले नेकपा दुवै गुट आजको संकटमा मतियार भएको आरोप लगाए । ‘यो पक्ष वा त्यो पक्ष होइन, समग्र नेकपाकै कारण लोकतन्त्र संकटमा परेको हो’ उनले भने, ‘कम्युनिष्टलाई विश्वास गर्नु नै आम नेपालीको ठूलो भ्रम थियो र हो ।’ नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर–२ (क) ले आयोजना गरेको प्रदर्शनमा महरले नेकपाका नेताले बाटो काटेपछि लौरो नै भाँच्ने प्रवृत्ति देखाएको जिकिर गरे । ‘जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने?’ नेकपाप्रति नै आक्रोशित महरले भने, ‘अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।’ कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे । उनले भने ‘कहिले जंगलमा बसेर देशमा ध्वंस मच्चाउने, कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै यही देखियो ।’ महरले अहिलेको अवस्थामा कांग्रेसले सुझबुझ नपु¥याए देशले थप क्षति व्यहोर्नुपर्ने र व्यवस्थामाथिको संकट नटर्ने दाबी समेत गरे ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया