प्रचण्ड राष्ट्रियसभा सदस्य मात्रै बन्न सक्छन्ः महेश बस्नेत

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड राष्ट्रियसभा सदस्य मात्रै बन्न सक्ने बताएका छन् । ओली समूहले गठन गरेको बागमती प्रदेशको युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य बाहेक केही बन्न नसक्ने बताएका हुन् । बस्नेतले भने, ‘प्रचण्डलाई अब चुनाव जित्ने आँट छैन त्यसैले चुनावको विरोध गर्दैछन् । अब काठमाडौँ, चितवन र सिरााहालगायत कुनै पनि स्थानबाट जित्न सक्दैनन्। उनी रोल्पा–रुकुम जान खोज्लान् तर त्यहाँ पनि उनलाई स्थान छैन । सिराहामा लिलानाथ श्रेष्ठको भोट लुटेको हामीले बिर्सेका छैनौं । रुकुममा यदु गौतमको घाँटी रेटेको हामी बिर्सदैनौं । अब उनी सच्चिएर आएमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मात्रै बन्न सक्छन् ।’ बस्नेतले विभाजित नेकपाको ओली समूह छाडेर प्रचण्ड समूहमा गएका माधव नेपाल र झलनाथ खनाल पनि मन्त्रिरिषद्बाट राष्ट्रियसभामा मनोनित हुन पाउँ भन्दै केपी ओली समक्ष निवेदन लिएर आउने बताए । सँगै उनले प्रचण्डले अब चुनाव नजित्ने भएकाले विरोध गर्दै हिँडेको बताएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया