चार पूर्व प्रधानन्यायाधीशलाई ओलीले भने अदालतलाई धम्क्याउन पाउनुहुन्न

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै ४ जना पूर्व प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तीप्रति अापत्ति जनाएका छन् । सडकबाट फैसला हुने भए अदालत किन चाहियो भन्दै ओलीले प्रश्न गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले पूर्व प्रधानन्यायाधीशलाई लक्षित गर्दै केही वर्षअघि जागिर खाएको मान्छेले अहिले पनि आफूलाई त्यही जागिरमा छु जसरी बोलिरहेको ओलीको भनाई छ । उनले भने, ‘पोरपरार जागिर खाएको मान्छे अहिले पनि त्यही सोचेर बोलिरहेका छन् । सर्वोच्चमा आफैं बसिसकेको मान्छेले धम्क्याउने, न्यायालयलाई स्वतन्त्र नदिने हुन्छ ? त्यसरी धम्क्याउन पाउनुहुन्न ।’ सँगै उनले पूर्व प्रधानन्यायाधीशहरुले सडकबाट फैसला दिएको समेत बताएका छन् । उनले भने, ‘सडकबाट तपाईं फैसला दिनुहुन्छ । संविधानमा संवैधानिक इजलास छ । अहिले उनीहरु कति जान्ने सुन्ने हुन्छन् । संवैधानिक इजलासले हुँदैन् भन्नेहरु छन् ।’ प्रधानमन्त्री ओलीले न्यायपालिकाको कदर नगरी बोलेको भन्दै पूर्व प्रधानन्यायाधीशहरुलाई न्यायपालिकाको कदर गर्न सिक्नुस भन्ने सुझाव दिएका छन् । उनले अदालतमा चलिरहेको मुद्दामा बोल्न नहुने भन्दै पूर्व प्रधानन्यायाधीशहरुलाई त्यो सिक्न सुझाएका हुन् । उनले भने, ‘उनीहरुले जे भन्यो त्यो हुनुपर्ने, जे भन्यो त्यही फैसला गर्नुपर्ने भए अदालत किन चाहियो? उहाँहरुले सडकबाट भनेकै हुने भए किन अदालत चाहियो । सम्मानित न्यायपालिकाको कदर गर्न सिक्नुस, कदर गरेर हिँडनुस ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया