सहसचिव तारानाथ अधिकारीले ल्याए सार्वजनिक प्रशासनमा आचरण र व्यवसायिकता सिकाउने पुस्तक

काठमाडौं । सार्वजनिक सेवामा प्रवेश गर्र्नेहरूलाई लक्षित गरेर सहसचिव तारानाथ अधिकारीको ‘सार्वजनिक प्रशासनमा आचरण, व्यवसायीकता र जवाफदेहिता’ पुस्तक बजारमा आएको छ । सार्वजनिक प्रशासनमा दुई दशक लामो अनुभव बटुलेका अधिकारीले हालै उक्त पुस्तक सार्वजनिक गरेका हुन् । कर्मचारीहरूमा बढ्दै गइरहेको नैतिक क्षयीकरणलाई रोक्नु, नैतिक प्रशासनको विकास गर्नु, व्यवसायीकताको अभिवृद्धि गर्नु, जनताप्रति जवाफदेही बनाउनु र कर्मचारीको क्षमतालाई राष्ट्र सेवामा लगाउनु नै अहिलेको सार्वजनिक प्रशासनको मुख्य चुनौति रहेको अधिकारीको ठम्याइ छ । यस्ता चुनौतिहरूको सामना गर्न आचरण, व्यवसायीकता र जवाफदेहिताको विषयमा दार्शनिक, प्राज्ञिक र व्यवहारिक बहस जरुरी रहेको उनको निश्कर्ष छ । पुस्तकमा नीतिशास्त्रका प्रमुख उपगमहरू चरित्रवाद, कर्तव्यवाद र परिणामवादको विश्लेषण गर्दै प्रशासनले सामना गर्नुपर्ने नैतिक द्विविधाहरूको समाधानमा त्यस्ता दर्शनहरूको प्रयोगलाई पुस्तकमा चर्चा गरिएको अधिकारी बताउँछन् । पुस्तकमा व्यवसायीकताका उपागमहरू, सार्वजनिक सेवाका मूल्यहरू, भ्रष्टाचार नियन्त्रणका रणनीतिहरू र जवाफदेहिताका आयामलाई विश्लेषण गरिएको अधिकारीको भनाइ छ । सार्वजनिक सेवालाई उत्कृष्ट र प्रभावकारी बनाउन प्रयत्नशील सबैका लागि पुस्तक महत्वपूर्ण सामग्री हुने विश्वास अधिकारीले लिएका छन् । प्रशासकीय नैतिकता, आचरण, व्यवसायीकता र जवाफदेहिताका अध्यताका लागि पुस्तक उपयोगी हुने अधिकारी बताउँछन् । को हुन् अधिकारी ? सार्वजनिक प्रशासनमा अधिकारीको दुई दशक लामो अनुभव छ । उनी कास्की र कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी, डडेलधुरा तथा धनुषा र कास्कीको स्थानीय विकास अधिकारी भइसकेका छन् । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सूचना तथा सञ्चार प्रविधि विकास परियोजनाको राष्ट्रिय आयोजना प्रमुख रहेका उनी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् छन् । सार्वजनिक प्रशासन र मानविकीमा स्नातकोत्तर अधिकारी सुप्रवल जनसेवा श्री (तेस्रो) बाट विभूषित भइसकेका छन् भने अन्य अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् । लेखनीमा रुची राख्ने अधिकारीको झण्डै एक दर्जन लेख प्रकाशित छन् । ‘मिजरिङ पर्भटी : चुजिङ एण्ड राइट इन्डेक्स, नेपालमा कार्य सम्पादन व्यवस्थापनको अवस्था, प्रतिभा व्यवस्थापन, सचिव कसलाई बनाउने ? ‘आइसिटी डिभलपमेन्ट इन नेपाल’, संघीयतामा प्रमुख जिल्ला अधिकारी, आर्थिक वृद्धि र आर्थिक विकासको अन्तर्सम्बन्ध र मानव विकास सूचकांकको लगायतमा अधिकारीका लेख प्रकाशित छन् । सार्वजनिक प्रशासनसँग सम्बन्धित लेखहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । यसअघि आचरण र नैतिकता पुस्तक प्रकाशित गरेका अधिकारीको यो दोस्रो पुस्तक हो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया