NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा विघटन भएपछि पुस १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन् । अधिवेशन शुरु भएको १० दिनमै सरकारले बन्द गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रियसभामा कुनै पनि विजनेश नभएको भन्दै अधिवेशन बन्द गर्न सिफारिस भएको मन्त्रिपरिषद्का एक सदस्यले नेपालवाचलाई जानकारी दिए । अधिवेशन अन्त्य हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । उनले अहिले केहीबेरमा राष्ट्रियसभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

ताजा अपडेट

नेपालवाच विशेष