नक्सामा मात्र होइन व्यवहारमैं नेपाली भूमि फिर्ता ल्याउँछौ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्रको नेपाली भूमि व्यवहारमैं नेपालको हिस्सा बनाउने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतसँग सम्बन्ध नबिग्रिएको बताए । ‘हाम्रो भूभाग हाम्रो नक्साबाट पनि गायब रहेछ । नक्सामा राख्यौं । संविधानमा राख्यौ । तथ्य र प्रमाणको आधारमा छलफल हुँदैछ । नेपालको भूमि हाम्रो अधिनमा ल्याउँछौ । नक्सामा मात्र होइन व्यवहारमा हाम्रो भूमि ल्याउँछौं’ ओलीले भने, ‘संविधान संसोधन भयो । निशान छापमा सामेल भयो । तर, यी कुराले कतिपयलाई छटपटी भएको छ ।’ भारतसँग साँचो मित्रता, नयाँ उचाईमा पुर्याउन चाहन्छु् भन्दै ओलीले भनेका छन्, ‘भारतसँग मनदेखिको मित्रता चाहन्छु । हाम्रो भूभाग हडपिएको भन्ने थाहा भए पनि यस अघिका शासकले बोल्न नसकेको उनको भनाई छ । ‘बोल्न नसक्ने तर सम्बन्ध राम्रो छ भन्ने भित्रभित्र मन कुडाउने अनि सम्बन्ध राम्रो छ भन्दै आइयो । तर, सीमामा समस्या हुँदा हाम्रो तर्क भनाई राख्नुपर्छ । न्यायोचित भनाई राख्नुपर्छ भन्ने नै मेरो मान्यता हो’ ओलीले भने, ‘हाम्रा भूभाग समावेश गरेर नक्सा जारी गरेपछि सम्बन्ध बिग्रन्छ भन्थे । अर्काको भूमिमा दाबी गर्दा सम्बन्ध बिग्रने हो । तर, सुगौली सन्धी गरेपछि महाकाली पूर्वको भूभाग हाम्रो हो । पहिले कुमाउ गढवालसम्म थियो । १४६ वर्षसम्म भोगचलन गरिएको थियो । अहिले हामी यो भूमि नेपालमा ल्याउन लागेका छौं ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया