नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, कारोबार रकम पनि उत्साहजनक

काठमाडौं । नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको हो । यस अगाडीका तिन दिन पनि नेप्सेले लगातार नयाँ उचाई कायम गरेको थियो । आज सेन्सेटिभ इण्डेक्स १.७१ प्रतिशत अर्थात ७.२१ अंक बढेर ४२८.४३ विन्दुमा पुगेको छ । त्यसैगरी, आज फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक बढेको हो । नेप्सेसँगै पछिल्ला दिनहरुमा कारोबार रकम पनि बढ्दै गएको छ । गत बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसैगरी, यस दिन २०७ कम्पनीको ५७ हजार १७१ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से बढेसँगै यस दिन ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभल (नौं प्रतिशत) मा कारोबार भएको छ । यस दिन प्रभु लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । निर्धन उत्थानको सेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ । बाँकी कम्पनीहरुको सेयरमूल्य गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ । यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । सोमध्ये विकास बैंकको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ भने बैंकिङ्गको ३.५९ प्रतिशत बढेको छ । त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.१७ प्रतिशत, वित्तको २.१५ प्रतिशत, होटलको १.०८ प्रतिशत र हाइड्रोपावरको १ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन ०.१२ प्रतिशत घटेको छ । यस दिन वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ । कारोबार रकमका आधारमा शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वाणिज्य बैंक रहेका छन् । यस दिन प्रभु बैंकको सर्वाधिक ४० करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया