टोखामा यसरी बनाइँदैछ माघे संक्रान्तिको चाकु (भिडियो)

https://youtu.be/Dpezp6mRueQ काठमाडौँ – काठमाडौंको टोखा क्षेत्र चाकुका लागि प्रसिद्ध छ । यस क्षेत्रमा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका उद्यमीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर मजाले फिटेपछि तयार हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । पछिल्ला वर्षहरूमा यसको फैलावट थप व्यापक बन्दै गएको छ। नेवारी समुदायमा माघ एक गते मनाइने पर्वमा घ्यू र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ। नेवारी संस्कृतिमा माघे संक्रान्तिको नाम नै चाकुसँग जोडिन्छ । माघे संक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ। चाकु बनाउन सबैभन्दा पहिले उखुलाई पेलेर रस निकालिन्छ र रसलाई पकाएर सख्खर बनाइन्छ।सख्खरलाई तीन घण्टासम्म पकाइन्छ । पकाइभ्याएर करिब आधा घण्टा सम्म चिस्याएपछि तन्काएर ताडिन्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ। त्यसपछि चाकुमा नरिवल, काजु लगायतका खानेकुरा मिसाइन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया