NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो प्रदिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो पदक जितिन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाैथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमा पछि परेकाे प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २४ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए । याे पनि पढ्नुस् को हुन् भारतीय खेलाडीलाई पछि पार्दै म्याराथनमा स्वर्ण जित्ने पुष्पा भण्डारी ?

ताजा अपडेट

नेपालवाच विशेष