NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

बोल्दाबोल्दै राष्ट्रिय सभाको रोष्ट्रममैं प्रधानमन्त्री ओलीले थुकेपछि…[भिडियाे]

काठमाडौं । ५ पुसमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण पेश गर्न राष्ट्रिय सभामा प्रस्तुत बोल्दाबोल्दा प्रधानमन्त्री केपी ओलीले रोष्ट्रममैं थुकेका छन् । सवा घण्टा बोलेका प्रधानमन्त्रीले बोल्दाबोल्दै रोष्ट्रममैं थुकेका हुन्। https://youtu.be/IvYk0FnSY8w पछिल्लो समय भारतीय विदेश सचिव, सेनापति नेपाल आएको, नेपालका उर्जासचिव भारत गएर प्रभावकारी सम्झौता गरेको दाबी गरेपछि ओलीले भुईमा थुकेका थिए। ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली १४ जनवरीमा भारतको भ्रमणमा जाने प्रसगंमा बोल्दै गर्दा भुईमा थुकेका हुन्। लामो समय बोल्ने क्रममा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक निर्णयका आधारमा गरिएको भन्दै कानुनी र संवैधानिक विषयतिर नजान सर्वोच्च अदालतलाई आग्रह गरेका थिए। आफ्नो सरकारले भारतसँग सौहाद्रपूर्ण सम्बन्ध राख्न चाहेको भन्दै वार्ता र संवादबाटै नेपाली भूमि फिर्ता गर्ने दाबी गरेका थिए। आफू प्रधानमन्त्री भएपछि देशमा पूर्वाधार, शिक्षा, स्वास्थ्यसहितका क्षेत्रले अत्याधिक सुधार आएको दाबी पनि ओलीले गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष