पूर्व प्रधानन्यायाधीशहरुलाई नधम्क्याउन ओलीलाई प्रचण्ड–नेपाल समूहको चेतावनी
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीबाट पूर्व प्रधानन्यायाधीशहरुलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएका छन् । सो समूहको सचिवालय बैठकले पूर्व न्यायाधीशहरुले प्रतिक्रिया दिएकै आधारमा प्रधानमन्त्रीबाट उनीहरुलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको हो । प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश भइसकेकाहरुले कानुन नै नबुझी प्रतिनिधिसभा विघटनविरुद्ध बोलेको भन्दै आपत्ति जनाएका छन् । धम्क्याउने गतिविधि तत्काल रोक्न प्रधानमन्त्रीलाई चेतावनी दिइएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभामा बोल्दै ओलीले चार पूर्व प्रधानन्याधीशहरुको प्रतिक्रियाप्रति आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया