NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

५ सयदेखि ५ हजारसम्म घुस खाने ४४ जना कर्मचारी र मतियार अख्तियारको फन्दामा [सूचीसहित]

काठमाडौँ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा १२ मंसिर ०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो । अधिकृत भट्टराई तीन हजार घुस लिइरहेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका थिए । घुस काण्डमा मतियारका रुपमा काम गरेका दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार केसी विरुद्ध पनि अख्तियारले मुद्दा चलायो । केसीसँग ५ सय वबगो माग दावी गरिएको थियो । यस्तै मतियारको भूमिकामा देखिएका सिद्धि इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाही विररुद्ध पनि अख्तियारले ५ सय रूपैयाँ विगो सहित मुद्दा दर्ता गरेको थियो । केसी र शाहीविरुद्ध आयोगले दावी गरेको बिगो गत वर्षको सबैभन्दा कम हो । नेपाल सरकारको शाखा अधिकृत भट्टराई जम्मा तीन हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका थिए । अख्तियारले भट्टराईलाई बिगो तीन हजार रुपैयाँ कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड क बमोजिम जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो । गत वर्ष कर्मचारी र उसको मतियार गरी ४४ जना ५ हजार भन्दा रकम घुस खाँदाखाँदै रंगेहात पक्राउ परेका थिए । अख्तियारले एक हजार घुस लिएबापत आठ जना विरूद्ध मुद्दा चलाएको थियाे । मालपोत कार्यालय¸ कलंकीका नासु ईश्वरीप्रसाद पोखरेल एक हजार घुस लिदालिदै अख्तियारको नियन्त्रणमा परे । उनीसँगै लेखापढी व्यवसायी तुलसी प्रसाद नेपाल पनि एक हजार घुस सहित अख्तियारको नियन्त्रणमा परेका थिए । एक हजार घुसमा अख्तियारको नियन्त्रणमा पर्नेमा नायब सुब्बा पुरुषोत्तम पोखरेल पनि हुन् । उनी वाणिज्य¸आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग¸बबरमहल¸काठमाडौँमा कार्यरत हुँदा सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् । उनीसँगै सहजकर्ता केदारप्रसाद न्यौपाने पनि एक हजार घुस सहित अख्तियारको नियन्त्रणमा परे । यस्तै, वीरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला र ब्रदर -ब्रो- रिकन्डिसन प्रा.लि. का सुरेश छुस्याकी पनि एक हजार घुसमा अख्तियारको नियन्त्रणमा परेका हुन् । यस्तै मालपोत कार्यालय¸हरिवन¸सर्लाहीका खरिदार देवीचरण न्यौपाने र लेखनदास केशवबहादुर कार्की एक–एक हजार घुस सहित अख्तियारको नियन्त्रणमा परेका थिए । यसैगरी सेवाग्राहीसँग एक हजार घुस लिदैगर्दा ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर¸धनुषाका प्र।स।नि। नवीनकुमार झा अख्तियारको नियन्त्रणमा परेका थिए । यस्तै मालपोत कार्यालय¸ चाबहिलका नासु चन्द्रबहादुर श्रेष्ठ जम्मा १५ सय रुपैयाँ घुस लिदा लिदै अख्तियारको नियन्त्रणमा परेका थिए । यस्तै उनीहरुमा नेपाल विद्युत्‍ प्राधिकरण¸ लगनखेल वितरण केन्द्रका फोरम्यान अबिलाल बिष्ट¸ नेपाल प्रहरीका असई भीमबहादुर कटुवाल र प्रहरी जवान भरत कटुवाल ५ हजार घुस सहित पक्राउ परेका थिए । यस्तै जिल्ला प्रहरी कार्यालय¸ वीरगञ्जका प्रहरी जवान गम्हिरा साह तेली ५ हजार रुपैयाँ, महानगरीय प्रहरी प्रभाग थली¸काठमाडौंका प्र।ना।नि।विपिनचन्द्र पन्त, इलाका प्रहरी कार्यालय¸ गड्डाचौकी¸ कञ्चनपुरका प्रहरी जवान दीपक चौधरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय¸ सप्तरीका सुचक धर्मेन्द्रकुमार झा ५ हजार रुपैयाँ घुस सहित अख्तियारको नियन्त्रणमा परेका थिए । यसैगरी सव–डिभिजन वन कार्यालय¸रुपन्देही, सैनामैनाका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ, इलाका प्रहरी कार्यालय¸ सुखिपुर¸ सिराहाका प्रहरी जवान राजकुमार यादव, अस्थायी ट्राफिक प्रहरी पोष्ट¸ रामनगर¸ बुटवलका प्र।स।नि। सूर्यबहादुर अधिकारी र आमचोक गाउँपालिकाको कार्यालय¸ भोजपुरका असिस्टेन्ट सव–इन्जिनियर विष्णुकुमार राई पाँच हजार रुपैयाँ घुस सहित पक्राउ परेका थिए । गत वर्ष पाँच हजार घुस लिदै गर्दा पक्राउ पर्नेहरुमा मालपोत कार्यालय¸धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी, लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठ¸ र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ¸ भूमिसुधार तथा मालपोत कार्यालय¸ सिराहाका ना.सु. मिथिलेश्वर ठाकुर र कम्पनी रजिष्ट्रारको कार्यालय¸त्रिपुरेश्वर¸काठमाडौंका नासु डोरप्रसाद पन्थी पाँच हजार घुस सहित पक्राउ परेका थिए ।उनीहररू सबै विरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक बर्ष ३४१ जना विरुद्ध घुस उद्योगमा संलग्न भएको ठहर सहित मुद्धा चलाएको थियो । कर्मचारी र कर्मचारीका मतियार सहित तीन सय ४१ जना विरुद्ध अख्तियारले मुद्धा चलाएको हो । उनीहरुमध्ये ४४ जना ५ हजारदेखि ५ सय रुपैयाँसम्मका घुस रकम लिदैगर्दा अख्तियारको फन्दामा परेका थिए । गत बर्ष घुस उद्योगमा कारबाहीमा परेका कर्मचारीहरुको विवरण यस प्रकार रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष