चुनाव कि संसद् पुनस्र्थापना भन्नेमा देउवा र पौडेलबीच फेरि विवाद

काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक भने पनि यस पछि भने शीर्ष तहमैं विवाद देखिंदै आएको छ । सभापति शेरबहादुर देउवा सुरुदेखि वैशाखमा घोषणा गरिएको चुनावको पक्षमा छन् । तर, नेता रामचन्द्र पौडेल भने ओलीको कदमले संविधान नै मासिने भन्दै पुनस्थापना पहिलो विकल्प भएको अडानमा छन् । पार्टीले विरोध र प्रदर्शनका कार्यक्रम माघसम्मैका लागि घोषणा पनि गरेको छ । तर, प्रदेशसभामा शनिबार गरेकोदेखि आइतबार आफ्नै निवासमा गरिएको एउटा पुस्तक विमोचन कार्यक्रममा पनि देउवाले प्रष्टै भनिदिए सबैभन्दा ठूलो अदालत जनता हो जनतामा जान नडाराउँ । तर, अर्का नेताले पौडेलले देउवाको भनाई प्रतिवाद गरेका छन् । संविधानवाद मान्ने कांग्रेसले नै गलत कदमलाई नसच्याउने हो भने गलत नजीर बस्ने पौडेलको भनाई छ । संविधानमाथि ओलीले आघात गरेको भन्दै यसलाई सच्चाएर मात्रै निर्वाचनमा जाँदा कांग्रेसको उचाइ बढ्ने पौडेलको भनाई थियो । तर, देउवाले शनिबार र आइतबार दुवै दिन ओलीको कदमको राजनीतिक विरोध गरेर कांग्रेस निर्वाचनको तयारीमा जुट्नुपर्ने प्रष्ट बताएका हुन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया