NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

१० दिन कार्यकाल रहेका ट्रम्पलाई महाअभियोग लगाइँदै !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । सभामुख न्यान्सी पेलोसीले सांसदहरुसँग महाअभियोग लाग्नुअघि ट्रम्पलाई राजीनामा दिन सुझउनेबारे छलफल थालेकी छन् । आइतबार पेलोसीले सांसदहरुलाई लेखेको पत्रमा उप राष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनका लागि अनुरोध गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो कदमले पेन्सलाई कार्यवाहक राष्ट्रपति बन्न सहयोग पु¥याउँछ भने ट्रम्पलाई स्वतः ह्वाइट हाउसबाट हट्ने अनुमति दिन्छ । यदि यो प्रस्ताव सर्वसम्मतले पारित नभए सदनले महाअभियोगको प्रस्ताव दर्ता गर्ने न्यान्सीले बताएकी छन् । उक्त पत्रमा पेलोसीले लेखेकी छन्, ‘हाम्रो संविधान र लोकतन्त्रको संरक्षणमा हामी डटेर काम गर्छौं । किनभने राष्ट्रपति यी दुवैबाट खतरामा छन् । दिनहरु बित्दै जाँदा हालका राष्ट्रपतिले गरेको लोकतन्त्रमाथिको हमलाको त्रास तीव्र हुँदै गएकाले तत्काल कारबाही अवश्यक छ ।’ शुक्रबार ट्रम्पलाई ट्वीटरलगायत अन्य सामाजिक सञ्जालले प्रतिबन्ध लगायतदेखि उनले कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । डेमाक्र्याट्सले क्यापिटलको आक्रमणमा ट्रम्पले भूमिका खेलेको कारणलाई लिएर महाअभियोगको तयारी गरेका हुन् । निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि आक्रोशित रहेका ट्रप्म समर्थकले गत बुधबार अमेरिकी सांंसदभित्रै घुसेर तोडफोड गरेका थिए । यतिबेला ट्रम्पलाई डेमोक्र्याटहरूले गत बुधबार भएको हिंस्रक गतिविधिलाई बढावा दिएको आरोप लगाएका छन् । उक्त हमलामा चारजना सर्वसाधरण र एकजना प्रहरी अधिकारी गरि पाँचजनाको ज्यान गएको थियो । राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएको औपचारिकता दिने दुवै सदनको संयुक्त बैठकमा ट्रम्प समर्थकले यसरी हिंसा मच्चाएका थिए । यस्तो हिंसा भएपछि विश्वकै लोकतन्त्रान्त्रिक देशको लोकतन्त्रलाई खिल्ली उडाएको आरोप ट्रम्पमाथि लागेको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरुसमेत उनको भूमिकाप्रति आक्रोशित छन् । नयाँ राष्ट्रपतिले २० जनवरीमा ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिंदैछन् । १० दिनमात्रै कार्यकाल हुँदा महाअभियोग पारित भए ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाइने एजेन्सीहरुले उल्लेख गरेका छन् । यस अघि पनि ट्रम्पमाथि महाअभियोग लागेको थियो । तर, माथिल्लो सदनमा उनको बहुमत भएकाले पारित भएको थिएन । तर, यसपटक ट्रम्पलाई महाअभियोग पारित गर्न दुवै सदनमा मत पुग्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष