निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न प्रचण्ड-नेपाल समूहले गरेको अनुरोध आयोगद्वारा अस्वीकार

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई चुवावसम्बन्धी काम रोक्न आग्रह गरेको छ । उक्त समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहित नेकपाका नेताहरुको टोलीले कान्तिपथस्थित आयोगको कार्यालय पुगेर चुनावसम्बन्धी कार्यक्रम रोक्न आग्रह गरेका हुन् । तर, आयोगले भने निर्वाचनसम्बन्धी कार्यक्रमलाई रोक्न अस्वीकार गरेको छ । आयोगका पदाधिकारीहरुले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरुले काम अघि बढाएको बताउँदै आयोगको तटस्थतामा शंका नगर्न प्रचण्ड–नेपाल समूहलाई अनुरोध गरेका छन् । अदालतले निर्वाचन रोक्ने आदेश दिएपछि मात्रै आयोगले निर्वाचनका कार्यक्रम रोक्न पदाधिकारीहरुले बताएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचनको घोषणा भएको थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया