NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आजका ‘गुड न्यूज’ : बाग्लुङमा ‘बुहारी स्वागत कार्यक्रम’

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संपे्रषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । यूरोप पुग्यो कर्णालीको अदुवा विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो पाँच १० रुपैयाँमा बिक्री गर्दै आएका उनीहरुले हाल ३० देखि ७५ रुपैयाँ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् । यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको संकलन र बिक्रीवितरण गर्ने यो उचित समय पनि हो । अदुवा कृषकले आफ्नो उत्पादनका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् । आफ्नो उत्पादनले बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवाखेतीमा बढ्दै गएको छ । यसअघि परम्परागतरुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिकरुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेका छन् । चौरजहारी नगरपालिका– ९ रुकुमपश्चिम खोलागाउँका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकी भन्छन्, ‘उतिबेला बजार पहुँच नहुँदा उत्पादित अदुवा सामान्यतः बेच्ने र नासोका रुपमा आफ्ना इष्टमित्रलाई दिइन्थ्यो । धेरैले यसको महत्व बुझिसकेका थिएनन् । कति अदुवा त बारीमा नै सडेर जाने गथ्र्यो । अहिले त बारीमै खन्दै गरेको अदुवा किन्न व्यापारी त्यही पुग्छन् ।’ बुढाथोकीले थपे, ‘समय धेरै बदलिसकेछ । पहिले अदुवाखेती गर्ने गाउँले हुन्थे । अहिले त यही खेती गर्ने नै शहरिया भएको देख्न पाइएको छ, यही खेतीबाट पक्की घर पनि बनाएका छन् ।’ यो पुस्ताले अलि मेहनत गरेर कृषि पेशालाई माया गर्न सके परदेशी भूमिमा जान नपर्ने उनको भनाइ छ ।मुलुक संघीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सडक पूर्वाधार जोड्ने कामलाई प्रदेश सरकारले जोड दिएको छ । अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम, जाजरकोट राजधानी सुर्खेतसँग जोडिसकेका छन् ।दुई÷तीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउँदा अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले आव २०७१०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रालीले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरुलाई सहज भएको हो ।अर्गानिक माउण्टेन फ्ल्याभर, इन्भेष्टर होम र ओएमएक्स विभी मर्ज भएर निर्माण भएको ‘द अर्गानिक भ्याली प्राली’ रु एक करोड तीन लाख शेयर लगानीमा सञ्चालनमा आएको प्रालीका प्रबन्ध निर्देशक समीर नेवाले जानकारी दिए । ‘शुरुमा प्रालीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ६२ लाख ८७ हजार रुपैयाँ लगानी गरेको थियो”, निर्देशक नेवाले भने, ‘त्यसपश्चात् हामी आफ्नै लगानीमा प्रालीअघि बढाएका छौँ ।” उनका अनुसार प्रालीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । उनले भने, ‘हामीले सुकेको चाना पठाउने काम गर्दै आएका छौँ । खासगरी उद्योग सञ्चालनपश्चात् पहिलो पटक आर्थिक वर्ष ०७५÷०७६ मा २६ टन अदुवाको चाना पठाउँदा प्रतिकिलो अमेरिकन डलर ४.८५ मा बिक्री गर्दा एक लाख चार हजार रुपैयाँ आम्दानी गरेको थियो ।’ प्रालीले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर पाँच लाख ८० हजार रुपैयाँ अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए । प्रालीले कर्णालीको अदुवालाई युरोप निर्यात गर्न १० चरण पार गर्नुपर्छ । सुरुमा किसानबाट संकलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्दै आएको छ ।यसले आफैंले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ । प्रालीबाट अदुवा कृषकलाई पनि राम्रै आम्दानी भएको छ ।विगतमा झण्झट भोग्दै आएका किसानहरुले सडक सञ्जाल जोडिएपछि आफ्ना उत्पादनको अपेक्षाकृत बजारीकरण भएको र सन्तुष्टि मिलेको बताएका छन् । शारदा नगरपालिका– १४ सल्यान मालनेटाका ५७ वर्षीय किसान कृष्णबहादुर गिरीले अदुवा आफ्नो पुख्र्यौली खेती नै भएको बताए । उनले भने, ‘विगतमा यो खेती निर्वाहमुखी थियो । अहिले व्यवसायमुखी बन्दै गएको छ । अदुवा खेतीबाटै किसानहरुले अहिले दाङमा पक्की घर हाल्न सफल भएका छन् ।’ पूर्व प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्व प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक तीन हजार रुपैयाँका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए । यसैगरी पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत गरिएको छ । नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् । नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचानुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सोकाआधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ । शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ । आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ । छोरी बुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारका लागि बुहारी स्वागत कार्यक्रम बाग्लुङ बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारको लक्ष्यमा टेवा दिन ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिईन् । उनका अनुसार आइतबारदेखि गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुन्छन्”, उनले भनिन् । गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष