अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ । गत बुधबार अमेरिकी सांसद क्यापिटल हिल्समा भएको हमलालाई बढावा दिएको आरोप लगाउँदै उनी विरुद्ध डेमोक्र्याटहरूले महाअभियोग लगाएका हुन् । डेमोक्र्याटहरुका अनुसार उप राष्ट्रपति माइक पेन्सले लातान्त्रिक शक्तिको आडमा ट्रम्पलाई नहटाए महाअभियोगको प्रस्तावबारे बुधबार सदनमा छलफल हुने बताएका छन् ।सभामुख न्यान्सी पेलोसीले हालका राष्ट्रपति अमेरिकी संविधान र नागरिकका लागि खतरा भएका कारण तुरुन्तै पदमुक्त गराइनुपर्ने बताउँछिन् । गत बुधबार अमेरिकी सांसदमा ट्रप्म समर्थकले मच्चाएको घुुुसपैठ पछि डेमोक्र्याटद र केही रिपब्लिकनहरूले ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने या महाअभियोगको प्रस्ताव दर्ता गर्नुपर्ने माग गर्दै आएका छन् । डेमाक्र्याट्सले क्यापिटलको आक्रमणमा ट्रम्पले भूमिका खेलेको कारणलाई लिएर महाअभियोगको तयारी गरेका हुन् । निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि आक्रोशित रहेका ट्रप्म समर्थकले गत बुधबार अमेरिकी सांंसदभित्रै घुसेर तोडफोड गरेका थिए । उक्त हमलामा चारजना सर्वसाधरण र एकजना प्रहरी अधिकारी गरि पाँचजनाको ज्यान गएको थियो । राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएको औपचारिकता दिने दुवै सदनको संयुक्त बैठकमा ट्रम्प समर्थकले यसरी हिंसा मच्चाएका थिए ।यस्तो हिंसा भएपछि विश्वकै लोकतन्त्रान्त्रिक देशको लोकतन्त्रलाई खिल्ली उडाएको आरोप ट्रम्पमाथि लागेको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरुसमेत उनको भूमिकाप्रति आक्रोशित छन् । नयाँ राष्ट्रपतिले २० जनवरीमा ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिंदैछन् ।१० दिनमात्रै कार्यकाल हुँदा महाअभियोग पारित भए ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाइने एजेन्सीहरुले उल्लेख गरेका छन् । यस अघि पनि ट्रम्पमाथि महाअभियोग लागेको थियो । तर, माथिल्लो सदनमा उनको बहुमत भएकाले पारित भएको थिएन । तर, यसपटक ट्रम्पलाई महाअभियोग पारित गर्न दुवै सदनमा मत पुग्नेछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया