सिकाइ निरन्तरता अभियान शुरु

काठमाडौं । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान शुभारम्भ गरे । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए । विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गरे ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया