NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

बझाङमा मन्त्री ठगुन्नालाई देखाइयो कालो झण्डा

बझाङ । बझाङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मन्त्री ठगुन्नालाई कालो झण्डा देखाएका हुन् । ओली पक्षको भेलालाई सम्बोधन गर्न बझाङको चैनपुर जादै गर्दा मन्त्री ठगुन्नालाई मंगलबार बिहान केदारस्युँको देउरामा झोता लगायतका ठाउँमा कालो झण्डा देखाइएको हो । राष्ट्रिय युवा संघ नेपाल केदारस्युँ गाउँपालिका संगठन कमिटी संयोजक कमल भण्डारी प्रशान्तको नेतृत्वमा युवाहरूले मन्त्री ठगुन्नालाई कालो झण्डा देखाएका हुन् । हालै प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद्को पुनर्गठनमा अटाएका नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्ना पहिलो पटक मन्त्री भएका हुन् । उपाध्यक्ष वामदेव गौतम कतै नखुलेपछि उनी निकट मानिने ठगुन्ना ओली कित्तामा उभिएर मन्त्री बनेको हुन् । उनी दार्चुलाबाट २०७४ सालमा प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका हुन्।

ताजा अपडेट

नेपालवाच विशेष