चिसो मौसममा खिचडी खानुका फाइदैफाइदा

खिचडी लोकप्रिय खानामा अन्तर्गत पर्छ । प्राय: घरमा खिचडी खाने गरिएको पाइन्छ । तपाईं चिसो मौसममा खिचडी खानुहुन्छ भने यसको धेरै फाइदाहरु हुन्छन् । यहाँ तिनै फाइदाहरुको बारेमा चर्चा गरिएको छ । नेपालमा खिचडी चाड विशेषमा खाने खाना भनेर पनि चिनिन्छ । यसलाई दाल र चामल एकैसाथ पकाएर स्वादअनुसार घिउ, सब्जी, मसलाहरु मिलाई बनाइन्छ । चिसो मौसममा हाम्रो शरीरमा मात्र नभएर हाम्रो जीवनशैलीमा पनि परिवर्तन हन्छ । यस्तो चिसो मौसममा आफ्नो खानपानमा परिवर्तन गर्नु पनि जरुरी हुन्छ । चिसो मौसममा खिचडी खानुको फाइदा धेरै नै छन् । प्रशस्त न्यूट्रेशन नेपालमा तथा भारतमा प्रचलनमा रहेको खिचडी खानामा कार्बोहाइड्रेट्स, भिटामिन्स, मिनरल्स, पानी, फाइवर जस्ता थुप्रै स्वस्थकर पोषणले भरपूर हुन्छ । खिचडी दही, रोटी, घ्यु, अचारसँग खाँदा बढी स्वादिष्ट हुन्छ । खिचडी दही, रोटी, घ्यु, अचारसहिता खानासँग खानु पनि राम्रो हुन्छ । खिचडीको फाइदाहरु खिचडी पोषणले भरपूर हुन्छ । यसको सेवनले अपचको समस्या समाधान हुन्छ । तौल कम गर्नको लागि पनि खिचडी सहयोगी सावित हुन्छ । डायबेटिजको बिरामीलाई पनि खिचडीले राम्रो गर्दछ । वाथ, पित्त, कफको समस्या समाधान गर्न पनि मद्दत गर्छ । पेटकोे समस्या समाधान गर्न यदि तपाइलाई अपच र कब्जियतको समस्या छ भने खिचडी खानाले मद्दत मिल्छ । चिसो मौसममा खिचडीले पाचन प्रणलीलाई मजबुत बनाउँदछ । यदि तपाईं गर्मी समयमा खिचडी खाइरहनु भएको छ भने यसलाई दहीसँग खानु राम्रो हुन्छ । आजकल अफिसमा प्रायः बसेर काम गर्नेहरु हुन्छन् । तपाईंको पनि बसेर गर्ने काम छ भने तपाईंको लागि खिचडी धेरै फाइदाजनक सावित हुनसक्छ । प्रत्येक दिन अलग अलग दाल, गेडागुडीको खिचडी बनाएर खानाले फाइदा हुन्छ । चिसो लाग्नबाट बचाउँछ चिसो मौसममा धेरै मानिसलाई रुघाखोकी, ज्वरो, कमजोरी आदिको समस्या हुने हुँदा यदि तपाईंले यस मौसममा खिचडी सेवन गर्नुहुन्छ भने यसबाट आवश्यक पोषण प्राप्त हुन्छ । जसकारण चिसो मौसममा शरिर र स्वास्थ्यलाई धेरै समस्या हुँदैन । खिचडीको प्रकारहरु खिचडीे गेडागुडी अनुसार धेरै प्रकारको बनाउन सकिन्छ । गेडागुडीको छुट्टाछुट्टै र मिक्स गरिएको खिचडी, आयुर्वेद खिचडी, मसालेदार खिचडी, ड्राइफ्रट खिचडी, दही खिचडी आदि प्रकारको बनाउँन सकिन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया