लोक सेवा परीक्षाका लागि सामान्य ज्ञानका वस्तुगत नमूना प्रश्नोत्तर

सेट – १ १. दिइएका भनाइहरु अध्ययन गरी गलत उत्तर छनोट गर्नुहोस् । (A) नेवारहरुले नेपाललाई “नेपा” मात्र भन्ने गर्दथे जो पछि अपभ्रंश भई नेपाल हुन गएको हो । (B) नेपालमा प्राचीन शासक गोपालबंशमा “नेप” नामका प्रतापी राजा थिए, उनकै नामबाट यस देशको नाम नेपाल नाम रहन गएको हो । (C) लिम्बु भाषामा नेपालको अर्थ गहिरो खाडलयुक्त उपयत्का हो । (D) लेप्चा वा लामा भाषामा नेपालको अर्थ पबित्र गुफा वा पुण्यभूमि हुन्छ । २. विश्व वौद्धिक सम्पति संगठनद्धारा जारी गरिएको अर्थतन्त्रमा नवप्रवर्तन (इनोभेसन) को मापनसम्वन्धी प्रतिवेदन २०२० अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भएको छ ? (A) ९५ औं स्थानमा (B) ९७ औं स्थानमा (C) ९९ औं स्थानमा (D) १०१ औं स्थानमा ३. साम्यवादी दर्शनका प्रवर्तक कार्ल माक्र्सको जन्म जर्मनीमा भएको थियो भने निधन कुन ठाउमा भएको थियो ? (A) बेल्जियम (B) फ्रान्स (C) बेलायत (D) भियतनाम ४. दिइएका भनाईहरुबारे अध्ययन गरी दिइएका कोडका आधारमा उपयुक्त विकल्प छान्नुहोस् । (क) निजामती प्रशासनलाई प्रभावकारी बनाउन व्यवस्थापन परीक्षणको व्यवस्था आ.व. २०५५/५६ बाट गरिएको हो । (ख) नेपालमा अनुगमन तथा मूल्याकंन सम्वन्धी व्यवस्थित कार्यन्वयनको सुरुवात आ.व. २०३२/३३ बाट सुरु भएको हो । (ग) निजामती सेवा ऐन, २०४९ बि.स. २०५० जेष्ठ ४ गतेबाट लागु भएको हो । (A) क र ख ठीक ग बेठीक (B) क बेठीक ख र ग ठीक (C) क, ख र ग सबै बेठीक (D) क, ख र ग सबै ठीक ५. नेपालको वर्तमान संविधान अनुसार नगरपालिकाको प्रमुख वा उपप्रमुखको पदमा निर्वाचित हुन कति वर्ष उमेर पुगेको हुनुपर्दछ ? (A) १८ वर्ष (B) २० वर्ष (C) २१ वर्ष (D) २५ वर्ष ६. आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार सबैभन्दा बढी पर्यटक आउने मुलुकको क्रम कुन सही छ ? (A) भारत, चीन, बेलायत, श्रीलकां र अमेरिका (B) चीन, भारत, अमेरिका, बेलायत र श्रीलकां (C) चीन, भारत, श्रीलकां, अमेरिका र बेलायत (D) भारत, चीन, अमेरिका, बेलायत र श्रीलकांं ७. “मानिस स्वतन्त्र जन्मन्छ तर पछि सर्वत्र साङ्लोले बाँधिन्छ” यो भनाई कसको हो ? (A) भोल्तेयर (B) रुसो (C) कार्ल माक्र्स (D) लेनिन ८. दोस्रो विश्वयुद्धमा विभाजित भएको जर्मनी कहिले एकिकृत भयो ? (A) सन् १९८५ (B) सन् १९९० (C) सन् १९९१ (D) सन् १९९५ ९. राष्ट्रिय कविता प्रतियोगिता २०७७ मा प्रथम स्थान हाँसिल गर्न सफल कवि को हुन् ? (A) भैरबी भूगोल (B) गणेश प्रसाद खतिवडा (C) प्रज्वल अधिकारी (D) देबकी अभिलाषी १०. दुबै समूहको अध्ययन गरी सही जोडा मिलाउनुहोस् । समूह I समूह I I a. लाल दरबार 1. पृथ्वी नारायाण शाह b. माडी दरबार 2. उदय सेन c. चौदण्डी 3. जुद्धशमशेर d. अर्घलीको दरबार 4. वीर शमशेर कोडः (a) (b) (c) (d) (A) 4 1 2 3 (B) 3 1 4 2 (C) 4 1 3 2 (D) 3 1 2 4 ११. निम्न कथनहरु सही वा गलत के हुन् ? छुट्टाउनुहोस् । १. पृथ्वीको कूल स्थल भाग २९ प्रतिशत रहेको छ । २. स्थल भाग उत्तरी गोलाद्र्धमा बढी र दक्षिणी गोलाद्र्धमा कम रहेको छ । (A) १ सही २ गलत (B) १ गलत २ सही (C) दुबै गलत (D) दुबै सही १२. बेलायती संसदले युरोपेली युनियनसँग ब्रेक्जिट व्यापार सन्धीलाई कहिले पारित गर्यो ? (A) २०२० नोभेम्बर २० (B) २०२० नोभेम्बर ३० (C) २०२० डिसेम्बर २० (D) २०२० डिसेम्बर ३० १३. नेपालको संविधान अनुसार ‘नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी ………. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । (A) विकासोन्मुख (B) समाजवाद उन्मुख (C) भू–परिवेष्ठित (D) कल्याणकारी १४. आर्थिक वर्ष २०७७/७८ को बजेटले आधारभूत स्तरको खानेपानी सुबिधा कति प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य राखेको छ ? (A) ९९ प्रतिशत (B) ९७ प्रतिशत (C) ९४ प्रतिशत (D) ९१ प्रतिशत १५. जनसंख्या र विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा कहिले र कहाँ भएको थियो ? (A) मेक्सिको, १–१४ सेप्टेम्बर १९८४ (B) कायरो, ५–१३ सेप्टेम्बर १९९४ (C) बुखारेष्ट, ७–१३ सेप्टेम्बर १९७४ (D) बेइजिङ, ७–१३ सेप्टेम्बर १९९५ १६. जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा अन्तर्गत कहिले देखि वृद्ध भत्ता बितरण गर्न थालिएको हो ? (A) आ.व.२०५०/५१ को बजेटबाट (B) आ.व. २०५४/५५ को बजेटबाट (C) आ.व. २०५१/५२ को बजेटबाट (D) आ.व. २०५२/५३ को बजेटबाट १७. लोक सेवा आयोगले आयोगको क्षेत्रीय र अञ्चल स्तरीय कार्यालय स्थापना गरि कहिले देखि अधिकार प्रत्यायोजन गरिएको थियो ? (A) वि.सं. २०१६ (B) वि.सं.२०२४ (C) वि.सं. २०३० (D) वि.सं. २०३२ १८. विभिन्न खेल र खेलको सुरुवातकर्ता राष्ट्रवीचको जोडा देहायको मध्य कुन सही छैन ? (A) बेसबेल – बेलायत (B) बास्केटबल – अमेरिका (C) ब्याडमिन्टन – चीन (D) तेक्वान्दो – दक्षिण कोरिया १९. धान खेतीको लागि कति तापक्रम आवश्यक पर्दछ वा उपयुक्त हुन्छ ? (A) १०० से. – १५० से (B) १५० से. – २०० से (C) २५० से. – ३२० से (D) २०० से. – २५० से २०. ISBN को पूर्ण रुप देहायको मध्य कुन हो ? (A) International Standard Book Name (B) International Standard Book Number (C) International Standard Babliographic Number (D) International Style of Book Name २१. लिच्छबीकालीन शासन व्यवस्थामा “प्रसादधिकृत” भन्नाले कसलाई बुझाउथ्यो ? (A) न्यायाधीश (B) प्रशासक (C) ग्राम प्रशासक (D) कार्यालय प्रमुख २२. चर्चित फुटबलर डियगो म्यारोडोनाको निधन कहिले भयो ? (A) २०२० अक्टोबर २५ (B) २०२० नोभेम्बर १५ (C) २०२० नोभेम्बर २५ (D) २०२० डिसेम्बर २५ २३. औद्योगिक नीति, २०६७ अनुसार उत्पादन प्रकृति तथा सेवाको आधारमा उद्योगहरुलाई कति भागमा वर्गिकरण गरिएको छ ? (A) ३ (B) ५ (C) ९ (D) ११ २४. निम्न कथनहरु सहि–गलत के हुन् ? पहिचान गर्नुहोस् । १. थ्याचरवाद (Thacherism) नीजिकरणको अर्को नाम हो । २. नेपालले सर्वप्रथम फ्रान्ससँग (BIPPA) सम्झौता गरेको थियो । (A) दुबै गलत (B) दुबै सही (C) १ सही २ गलत (D) १ गलत २ सही २५. पन्ध्रौ योजना अनुसार योजनाको अन्त्यसम्ममा निर्वाचनमा मतदाताको सहभागिता कति पुर्याउने लक्ष्य लिएको छ ? (A) ८७ प्रतिशत (B) ८२ प्रतिशत (C) ७७ प्रतिशत. (D) ७२ प्रतिशत २६. निम्नमध्ये सहि जोडा कुन् हो वा कुन/कुन हुन् ? छुट्याउनुहोस् । दिवस मनाउने दिन a. विश्व हुलाक दिवस 1 अक्टोबर ९ b. अन्तर्राष्ट्रिय भन्सार दिवस 2 जनवरी २६ c. विश्व पर्यटन दिवस 3 फेब्रुअरी २ d. हरित ऊर्जा दिवस 4 मे ७ (A) A र B मात्र (B) B र C मात्र (C) A, B र D मात्र (D) D मात्र २७. चीनले मंगल ग्रहको अध्ययनका लागि सन् २०२० को जुलाईमा प्रक्षेपण गरेको यानको नाम के हो ? (A) तियानबेन १ (B) सियानचेन (C) मार्स १ (D) सियान रोभर २८. पन्ध्रौं योजना अनुसार पन्ध्रौं योजनाको अन्त्यसम्म बहुआयामिक गरिबीमा रहेको जनसंख्या कति प्रतिशतमा घटाउने लक्ष्य राखिएको छ ? (A) २१ प्रतिशत (B) १९ प्रतिशत. (C) १७ प्रतिशत. (D) ११.५ प्रतिशत २९. निम्न कथनहरु सहि वा गलत के हुन् ? छुट्टाउनुहोस् । १. नाइल नदीको उद्गम स्थल भिक्टोरिया ताल हो भने यो प्रशान्त महासागरमा विलय हुन्छ । २. अमेजन नदीको उद्गमस्थल एण्डिज पर्वत हो र यो प्रशान्त महासागरमा विलय हुन्छ । (A) १ सही २ गलत (B) १ गलत २ सही (C) दुबै सही (D) दुबै गलत ३०. सूची I र सूची I I बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् । सूची I सूची I I a. वातावरण संरक्षण ऐन १. वि.सं. २०२९ b. वन ऐन 2 वि.सं. २०४९ c. नेपाल खानी ऐन 3 वि.सं. २०२१ d. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 4 वि.सं. २०५३ कोडः (a) (b) (c) (d) (A) 2 3 1 4 (B) 4 2 3 1 (C) 1 4 2 3 (D) 3 1 4 2 ३१. ओजोन ग्यासको मापन गर्ने एकाई कुन हो ? (A) इब्सन (B) मिक्सन (C) रब्सन (D) डब्सन ३२. बुगंल नगरपालिका देहायको मध्य कुन जिल्लामा पर्दछ ? (A) अछाम (B) बाजुरा (C) बझाङ (D) डोटी ३३. मल्लकालमा एकानी शत्रु र एकानी मित्रको नीति लिएका राजाहरु देहायका मध्य कुन कुन हुन् ? (A) योगनरेन्द्र मल्ल र जयप्रकाश मल्ल (B) जयप्रकाश मल्ल र लक्ष्मीनरसिंह मल्ल (C) जगतप्रकाश मल्ल र जयप्रकाश मल्ल (D) सिद्धिनरसिंह मल्ल र लक्ष्मीनरसिंह मल्ल ३४. ‘GATT’ को सट्टामा जन्मिएको संस्था देहायको मध्य कुन हो ? (A) WTO (B) IMF (C) SAFTA (D) EEC ३५. जोडा मिलाई सही उत्तर रोज्नुहोस् । सूची I सूची I I a. Germ Theory 1. जोन डाल्टन b. Multiple Proportion 2. माइकल फाराडे 3. लुई पाश्चर (A) a-3, b-1 (B) a-2, b-1 (C) a-1, b-3 (D) a-3, b-2 ३६. प्राकृतिक छनौटको सिद्धान्त अनुसार कुन–कुन तत्वबीच संघर्ष चल्दछ ? (A) जाति–जातिबीच (B) जाति–प्रजातिबीच (C) प्रकृति र वातावरणबीच (D) माथिका सबै ३७. ९०–९०–९० रणनीति के सँग सम्वन्धित रहेको छ ? (A) वातावरण (B) पर्यटन (C) एड्स (D) जलवायु परिवर्तन ३८. देहायको मध्य कुन खेलसँग “ज्याक” सम्वन्धित छ ? (A) फुटबल (B) क्रिकेट (C) आइस हकी (D) हकी ३९. आसियानका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा पहिले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने राष्ट्र देहायको मध्ये कुन हो ? (A) फिलिपिन्स (B) मलेसिया (C) सिंगापुर (D) इन्डोनेसिया ४०. स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित नेपालको पहिलो बैंक कुन हो ? (A) एसबीआई बैंक (B) नबिल बैंक (C) स्टान्डर्ड चार्टड बैंक (D) एभरेष्ट बैंक ४१. सार्क वडापत्र अनुसार सार्कको विभिन्न तहमा निर्णय हुन कस्तो गणपूरक संख्या आवश्यक हुन्छ ? (A) सामान्य बहुमत (B) दुई तिहाई बहुमत (C) तीन चौथाई बहुमत (D) सर्व सम्मति ४२. चर्चित कथा सङ्ग्रह “गालाको लाली छायाँ” का लेखक को हुन् ? (A) लैनसिंह बाङ्देल (B) दौलतविक्रम बिष्ट (C) शंकर लामिछाने (D) शंकर कोइराला ४३. अष्ट्रेलियाका आदिबासीलाई एबोरोजिनिज भनिन्छ भने रोटीको बास्केट भनेर चिनिने राष्ट्र कुन हो ? (A) रुस (B) युक्रेन (C) बेल्जियम (D) भ्याटिकन सिटी ४४. नेपाल शिक्षा परिषदद्धारा प्रदान गरिने भानुभक्त पुरस्कार २०७७ कसलाई प्रदान गरियो ? (A) सत्यमोहन जोशी (B) यज्ञराज शर्मा (C) मनु ब्राजाकी (D) मुकुन्द शर्मा चालिसे ४५. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७७ अनुसार नेपालमा विद्यमान सार्वजनिक संस्थानहरु कति प्रकारका छन् ? (A) ६ प्रकार (B) ७ प्रकार (C) ८ प्रकार (D) ९ प्रकार ४६. नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणा गरेको छ ? (A) बैशाख २४ (B) असार १३ (C) भदौ २९ (D) माघ २१ ४७. नेपालको वर्तमान संविधान अनुसार कुन धारामा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धी समम्झौताहरु संघीय संसदबाट अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्ने व्यवस्था रहेको छ ? (A) धारा २७७ (B) धारा २७८ (C) धारा २७९ (D) धारा २८० ४८. माउन्ट अराफात कुन देशमा अवस्थित रहेको छ ? (A) चिली (B) इजरायल (C) द. अफ्रिका (D) साउदी अरब ४९. सिकलसेल एनेमिया रोग विशेषगरी नेपालको कुन जातीसँग बढी सम्बन्धित रोग हो ? (A) थारु (B) तामाङ (C) नेवार (D) मगर ५०. नेपालको वर्तमान संविधान अनुसार भाषा र सांस्कृतिक सम्वन्धी हक कसलाई प्राप्त हुने हक हो ? (A) व्यक्ति (B) व्यक्ति र समुदाय (C) समुदाय (D) नागरिक नोट – यो सेटको उत्तर आगामी अंकमा (मंगलबार) प्रकाशन गरिनेछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया