लाइसेन्स निकाल्न अब सहज प्रावधान आउँदै, ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाइने

काठमाडौं । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा जटिल भएपछि सरकारले सहजै लाइसेन्स निकाल्ने प्रावधान ल्याउने भएको छ । प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गरेर परीक्षामा ६० प्रतिशत अंक ल्याए पनि लाइसेन्स निकाल्न सकिने प्रावधान बनाउन लागिएको हो । अबको प्रावधानमा फिगर-8 टेस्ट, यू टर्न टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिड ब्रेकर टेस्ट, र्याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्टसहितको टेस्ट छन् । अब यी सबैमा छुट्टाछुट्टै अंकभार दिएर ६० प्रतिशत अंक पुर्याउनेलाई लाइसेन्स दिइने व्यवस्था गर्न लागिएको हो । अहिलेको ट्रायलमा सानो गल्तीले पनि लाइसेन्स नपाइने हुँदा प्रयोगात्मक परीक्षामा अंकभार तोकेर ६० प्रतिशत ल्याउनेलाई लाइसेन्स दिने गरी व्यस्था गर्न लागिएको हो । ट्रायल दिंदा एउटा सानो गल्तीमा पनि लाइसेन्स नपाउनु अव्यवहारिक भएको भन्दैसामान्य गल्तीमा लाइसेन्स नदिंदा दलालमार्फत जसरी पनि घुस ख्वाएरै लाइसेन्स निकाल्ने प्रवृत्ति धेरै नै छ । एउटै लाइसेन्सका लागि लाखौसम्म खर्चिने गरिएको पाइन्छ । निश्चित पासमार्क तोकेपछि घुस ख्वाएर भन्दा ६० प्रतिशत अंक ल्याएर लाइसेन्स निकाल्ने क्रम बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतको भनाई छ । सडकमा निर्वाध सवारी चलाउन सक्नेले पनि अहिलेको सबै प्रक्रिया पूरा गरेर लाइसेन्स निकाल्न नसक्नेको संख्या धेरै छ । साथै, ट्रायल सिकाउने इन्टिच्युटमा नियमित सिकेर ट्रायल दिनेले सजिलै ट्रायल पास गर्न सक्ने अवस्था पनि छ । यसैले यस्ता व्यवहारिक कठिनाई हटाउन पनि मन्त्रालयले लाइसेन्स निकाल्न सहज बनाउन लागेको हो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया