NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आजका ‘गुड न्यूज’ : सवारी लाइसेन्स निकाल्न अब खुकुलो प्रावधान आउँदै

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संपे्रषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको वर्चस्व थियो । राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । हिमाल आरोहण गर्ने बढे हिमाल आरोहण गर्नेको संख्या बढ्न थालेको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म हिउँदे याममा हिमाल चढ्न कुल ९ टोलीले आरोहण अनुमति लिएका छन् । ९ टोलीका ४३ जना आरोहीले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् । त्यसमध्ये मनास्लु (८१६३ मि.) आरोहणका लागि अनुमति लिनेको संख्या धेरै छ । उक्त हिमालका लागि दुई टोलीका १६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । त्यस्तै, थापा पिक (६०१२मि) हिमाल आरोहण गर्न एक टोलीका ११ जनाले अनुमति लिएका छन् भने अमादब्लमका चढ्न दुई टोलीका ८ सदस्य जाने भएका छन् । लुजा पिकमा ३, क्याङ्गु रीमा १, सुर्मा सरोवरमा २ र रोकापीमा २ जना चढ्ने गरी आरोहण अनुमति जारी छ । विभागले हालसम्म आरोहण अनुमतिवापत ८ लाख ७९ हजार रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ । सवारी लाइसेन्सको मापदण्ड परिवर्तन हुने यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यस प्रस्तावअनुसार सानो गल्तीले ट्रायल फेल नहुने जनाइएको छ । अब ट्रायलको पूर्णांक १०० मा ६० आउनेअरू पनि पास हुनेछन् । ट्रायलका सानातिना कडा नियम पनि खुकुलो बनाइनेबारे छलफल चलिरहेको छ । त्योसँगै लिखित परीक्षाको ढाँचा पनि परिमार्जित हुने जनाइएको छ । सुर्खेतका बाढीपीडितलाई घर सुर्खेतका ५ सय ९१ बाढीपीडितले नयाँ घर पाएका छन् । विस्थापित भएको करिब ६ वर्षपछि उनीहरुले नयाँ आवास पाएका हुन् । कर्णाली प्रदेश सरकारले आवास निर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ दिएसँगै ७ स्थानीय तहका बाढीपीडितका लागि पक्की घर बनाइएको हो । २०७५ चैत २७ को बैठकको निर्णयबमोजिम प्रदेश सरकारले बाढीपीडितलाई ३ किस्तामा आवास निर्माणका लागि स्थानीय तहमार्फत रकम वितरण गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वीरेन्द्रनगरमा २ सय ५४, लेकबेंसीका १२, बराहतालमा ४६, भेरीगंगाका १ सय ६०, गुर्भाकोटमा ३२, पञ्चपुरीका ८४ र चौकुनेमा ३ परिवारले नयाँ आवास पाएका हुन् । उकालो लाग्या नेप्से यो साता सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक २८.३१ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २,२६७.७३ अंकमा पुगेको छ । सेयर बजारमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचक सेन्सेटीभ इन्डेक्स ४३३.२८ बिन्दूमा पुगेको छ । आज नेप्सेमा व्यापार समूह बाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् । आज नेप्सेमा कुल ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा वाणिज्य बैंकहरूको मात्रै २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेमा २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार दुई सय २७ कित्ता सेयर ४५ हजार पाँच सय ६९ ओटा कारोबारबाट कुल ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँमा किनबेच भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष