प्रतिनिधि सभा विघटन : बृहत् पूर्ण कि संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भन्नेबारे सर्वोच्चमा बहस हुने

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ । गत ५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि गम्भीर संवैधानिक संकट निम्तिएको भन्दै सर्वोच्चमा १३ रिट दर्ता भएका थिए । रिट निवेदकहरूले मुद्दा संवैधानिक नभइ बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न माग गर्दै निवेदन दर्ता राएका छन् । आजको सुरुवाती वहस प्रतिनिधि सभा विघटन सम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासबाटै गर्ने कि वृहत् पूर्ण इजलासबाट गर्ने भन्नेमा हुनेछ । यसअघि पनि प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चका ११ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट सुनुवाइ भएको नजिर छ भने कानुनी जटिलता फुकाउन केही महिनाअघि १९ जना न्यायाधीशको बृहत् पूर्ण इजलासले मुद्दा फैसला गरेको थियो । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी रहेको संवैधानिक इजलासबाट सुनुवाइ भइरहेको थियो । तर, स्वार्थ बाँझिएको भन्दै आलोचना भएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरिसकेका छन् । प्रधानन्यायाधीश जबराले कार्कीको स्थानमा अर्को एकजना मात्रै थप्छन् या चारै जना बदल्छन् त्यो भने हेर्न बाँकी छ । प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको संवैधानिक इजलासबाट प्रतिनिधि सभा विघटन सम्बन्धि १३ वटा रिट सुनुवाइ गर्ने कि ११ जनाको बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्ने निर्णय भएपछि यस रिटमाथि निरन्तर सुनुवाइ हुनेछ । गत आइतबार प्रधानमन्त्री केपी ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्नि प्रसाद सापकोटाले लिखित जवाफ पेस गरेकाले अब दुवै पक्षको बहस सकिएपछि फैसला हुनेछ । यता यसअघि प्रतिनिधि सभा विघटन सम्बन्धि रिटमाथि सर्वोच्च अदालतकै ११ जना न्यायाधीशले फैसला गरेकाले नजिर अनुसार पनि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने रिट निवेदनहरूले माग गरेका छन् । यससम्बन्धी निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको छ भने आज संवैधानिक इजलासमा पेस हुनेछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया