छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताउनभुयो । घटनामा सहचालक सकुशल भेटिएका थिए । मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया