माघे संक्रान्तिअघि तरकारी बजारभरि तरुल [फोटोफिचर]

माघे संक्रान्ति, मकर संक्रान्ति र माघी १ माघमा मनाइने चाड हो । घिउ, चाक्नु, तरुल र खिचडी खाएर याे चाड मनाउने गरिन्छ । माघे संक्रान्ति अघि बजारमा तरुलको व्यापार धेरै नै हुने गरेको छ । संक्रान्ति नजिकिएसँगै कालीमाटीसहितका मुख्य तरकारी बजारमा राजधानीबाहिरबाट सयौं टन तरुण आउँछ । माघेसंक्रान्तिलाई लक्षित गरेर कालीमाटीमा एक हजार ५५ टन तरुल भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले पुस महिनामा नेपालको विभिन्न स्थान र भारतबाट एक हजार ५५ टन तरुल भित्रिएको बताए । पुस महिनामा आयात भएको तरुल माघेसंक्रान्ति लक्षित गरेर आएको उनी बताउँछन् । तरकारी बजारमा भित्रिएको तरुलमध्ये चार प्रतिशत भारत लगायतबाट आयात भएको श्रेष्ठले बताए ।तरकारी बजारमा सबैभन्दा बढी तरुल सर्लाहीबाट भित्रिएको छ । गत साउन देखि यता कालीमाटी तरकारी बजारमा एक हजार दुई सय आठ टन तरुल भित्रिएको पनि समितिले जानकारी दिएको छ । माघेसंक्रान्तिको पूर्वसन्ध्याहमा अहिले कालीमाटीमा तरुलको किनबेच बाक्लो छ । माघेसंक्रान्तिको प्रमुख खाद्य भएकाले पनि तरुल किन्ने र बेच्नेहरूको चहलपहल बढेको हो । विभिन्न १८ थरीका तरुल तरकारी बजारमा भित्रिएको समिति बताउँछ । त्यसमा पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायत छन् । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने विभिन्न ग्रन्थमा उल्लेख छ। थारु, मगर र किराँतहरुले पनि यो चाडलाई हर्षोल्लासका साथ मनाउछन् । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ । माघेरमकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया