NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आफूमात्र आधिकारीक नेकपा भएको दावीसहित ओली समूह निर्वाचन आयोग पुग्यो, प्रचण्ड–नेपाल समूहको पनि उस्तै दावी

काठमाडौं । विभाजनपछि नेकपामा आफ्नो आधिकारीकताको दावी पेस गर्न प्रधानमन्त्री केपी ओली समूह निर्वाचन आयोग पुगेको छ । अध्यादेश प्रकरणपछि नेकपा दुई चिरामा विभाजित भए पनि यसले औपचारिकता पाइसकेको छैन । दुवै समूहले आफूमात्र आधिकारीक नेकपा भएको दावी गर्दै आएका छन् । तर, निर्वाचन आयोगले निर्णय दिइनसकेकाले अहिले को आधिकारीक नेकपा भन्ने छुट्टिन सकेको छैन । पार्टीको नाम, चुनाव चिह्न लगायतमा पनि दुवैको दावी छ । आफूमात्र आधिकारीक नेकपा भन्दै अर्को पक्षलाई कारवाही गरेको जानकारी दुवै पक्षले निर्वाचन आयोगलाई गराएका छन् । दुवै समूहले आयोगमा आफू आधिकारीक नेकपा भएको दावी गरेपछि निर्वाचन आयोेगले थप प्रमाण र विवरण सहित आयोग उपस्थित हुन एक सातको समय दिएको थियो । सोहीबमोजिम ओली समूह कागजात बोकेर आयोग पुगेको हो । आजै प्रचण्ड–नेपाल समूहले पनि आफू आधिकारीक नेकपा भएको दावीसहित आयोग आउने जानकारी गराएको छ । दुवै पक्षबाट प्राप्त कागजात र प्रमाणका आधारमा आयोगले निर्णय गर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष