उखानटुक्काले हसाउने केपी ओली पोलिटिकल जोकर : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको आरोप लगाएका छन् । नेकपाको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे अाराेप लगाएका हुन् । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि भएको आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं । हामी उखानटुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यत्ति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनमा मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’ ओलीतर्फ संकेत गर्दै प्रचण्डले उनी ‘पाेलिटिकल जाेकर’ भएकाे बताएका छन् । चार सय हाराहारीकाे केन्द्रीय समितिमा अाफूहरुमा दुई तिहाई भए पनि ११ सय र १५ सय सदस्यीय बनाएर प्रहसन गरेकाे उनकाे अाराेप थियाे । समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको आरोप प्रचण्डले लगाएका हुन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया