जी न्यूजको अन्तर्वार्ता ओलीको नाटक : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले भारतबाट जी न्यूजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिनुलाई नाटकको संज्ञा दिएका छन् । एकपछि अर्को विवादित काम गर्दै आएका ओलीले भारतबाट जी न्यूजलाई बोलाएर अन्तर्वार्ता दिनु नाटक भएको बताएका हुन् । ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने सोही जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ ।’ नेकपा काठमाडौं भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने । संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्वनायुक्त भएको बताए । कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि कमिलाको प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया